अलैंचीको मुल्य प्रति मन ७० हजार

यो समाचार 214 पटक पढिएको

काठमाडौं, पहाडको कालो सुनको नामवाट परिचित अलैंचीको मुल्य प्रति मन ७० हजार रुपैंयामा किन वेच भएको छ। यो विगत ४ वर्ष यताकै उच्च मुल्य हो।Alachhi

शनिवार सम्म ६५ हजार प्रति मन विक्रि हुँदै आएको अलैंची आईतवार ७० हजार प्रतिमन कारोवार भएको हो। केहिदिन ह्रास भएको अलैंचीको वजार अन्तराष्ट्रिय वजार वाटै मुल्य वृध्दि भएको अलैंची व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष दिपक नेपाल वताउनु हुन्छ। अलैचिको मुल्य वृध्दि भएपछि झपा,पाँचथर,इलाम ,तेह्रथुम संखुवासभा लगायत वजारमा क श्रेणिको अलैंची ७० हजार र ख श्रेणिको अलैंची ६८ हजार प्रतिमन विक्रि भएको व्यवसायिहरुले जनाएका छन्।

यो मुल्य विगत ४ वर्ष यताकै अधिक मुल्य हो। ५ वर्ष अघि ०६५ सालमा ७५देखि ८० हजार सम्ममा विक्रि भएको भएपनी त्यसपछि भने मुल्यमा गिरावट आएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :