सरकारले सडेको चामलको जानकारी दिएन : इन्सेक

यो समाचार 242 पटक पढिएको

काठमाडौं,  २० असार / विश्व खाद्य कार्यक्रमले बाँडेको अखाद्य चामलको विषयमा सरकारले आफूलाई जवाफ नदिएको भन्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) अध्यक्ष सुवोधराज प्याकुरेलले पत्रकारसमक्ष गुहार मागेका छन् ।
WFP World-Food-Program-300x142अखाद्य चामल किन बाँडेको हो र उसलाई के कार्वाही हुन्छ भन्ने विषयमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुख्यसचिव लिलामणी पौडलसँग आफूले ईमेलमार्फत जवाफ माग्दा नदिएको भन्दै उनले यसका लागि सहयोग गरिदिन भन्दै पत्रकारसमक्ष गुहार मागेका हुन् । राजधानीमा आईतबार एक पत्रकार भेटघाटको आयोजना गरी उनले जवाफका लागि सहयोग गरीदिन अनुरोध गरे । ‘नेपालमा जहिले–जहिले मानविय संवेदनको बेला हुन्छ त्यहि बेला विश्व खाद्य कार्यक्रमले हामीलाई हेप्छ । तर, हाम्रो सरकारले केही देखेको छैन, केही सुनेको छैन,’ उनले भने– ‘परराष्ट्रमन्त्री र मुख्य सचिवलाई मैले सोधेको प्रश्नको जवाफ पनि आज तीन दिनसम्म दिएन्, यसका लागि गुहार माग्न पत्रकार समक्ष आएको हुँ ।’

कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरुले कुहेको सडेको चामल खाएपनि नोक्सान नहुने भन्दै अत्याचार गरेको आरोप लगाए । ‘जे खाएपनि नोक्सान हुँदैन भने सुकेको विष्टा, सुकेको गोबर ख्वाए पनि त भयो हामीलाई ।’ उनले भने । जतिखेर हामीलाई संकट पर्छ त्यति नै खेर विश्व खाद्य कार्यक्रमले हेलचेक्र्याईँ गर्ने गरेको भएपनि कार्वाही गर्नुपर्ने सरकारी संयन्त्र आफ्नो उत्तरदायित्वबाट पन्छिएको आरोप लगाए ।

हामीलाई कुनै व्यक्तिले दिएको नभई संयुक्तराष्ट्रसंघको सदस्य भएको नाताले सहयोग गरेकोेले हेलचक्र्याँई गर्ने विरुद्ध सरकारले आफ्नो कानुनअनुसार कार्वाही गर्नुपर्ने बताए । २०६६ सालमा पनि यस्तै हेलचक्र्याँई गर्दा सरकारले क्लिन चिट दिएको भन्दै यसपाली पनि कमजोरी गर्नलाई कार्वाही नगरेर हेलचक्र्याई गरको दावी गरे । ‘उतिखेर पनि झाडापखालाको महामारी फैलिएको थियो तर, सरकारले यहाँ सरसफाई नभएकोले झाडा पखाला फैलिएको भन्दै क्लिन चिट दियो ।’ प्याकुरेलले भने – अहिलेपनि हाम्रो देशको सरकारले केही देखेको छैन, केही सुनेको छैन ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :