पावर टिलर खरिदमा कृषि कार्यालयको कमिशन चक्कर

यो समाचार 281 पटक पढिएको

पाल्पा, १९ असार / जिल्लाका कृषक समूह र सहकारी आफै खरिद गर्न पाउने हाते टेक्टर ९पावर र मिनी पावर टेल० मा कृषि कार्यालयले तोकेको सप्लायर्सबाट खरिद गर्न बाध्यकारी बनाएपछि कृषकहरु मारमा परेका छन् ।

technologyकृषि कार्यालयले तोकेको स्थानमा खरिद नगरे अनुदान रकम नपाउने चेतावनी दिने गरेका छन् । कृषक समूह र सहकारीले तानसेनमै पाइने सामान भैरहवामा पुगेर खरिद गर्न बाध्य भएका हुन् । कार्यालय प्रमुख र कर्मचारीले समूहरसहकारीलाई धम्क्याएर खरिद गर्न बाध्यकारी बनाउने गर्छन् । खरिद गर्ने कम्पनी र कर्मचारीबीचको कमिसन चलखेलले समूह र सहकारी आफै खरिद गर्न नपाएको गुनासो गरे ।

शिद्देश्वरका अगुवा कृषक रामप्रसाद ज्ञवालीका अनुसार अन्यत्रको सप्लायर्स दर र कृषिले सिफारिस गरेको सप्लायर्सको दररेटमा १५ हजारसम्म फरक पाइएको छ । ‘सबै कृषक र सहकारी ठगिदै आएका छन्,’ उनले भने, ‘यस विषयमा बोल्न कोही सक्दैनन् ।’ समूह र सहकारीले उक्त स्थानमा खरिद नगरे प्रदान गर्न नसकिनेसम्मको धम्की कार्यालयबाट आउने गरेको उनले बताए । कतिपय किसान बिरोध गर्न चाहे पनि अनुदानका कारण नसकेको गुनासो छ ।

कृषिले मिनी पावर टेल खरिद गर्दा समूहरसहकारीलाई ४२ हजार ५ सय बुझाउन लगाउने गर्छ । त्यस अनुसार भैरहवाको सप्लायर्समा चिट दिएर पठाउने गर्छ । जसमा कृषक समूह र सहकारीले नगदै वा सप्लायर्सको खातामा पैसा जम्मा गर्नुपर्छ । ‘समूहरअध्यक्षलाई बोलाएर सम्झौता गरिन्छ,’ एक सहकारीका अध्यक्षले भने, ‘त्यो कागज पढ्न पनि दिइदैन ।’ सूचना अधिकारी वैकुण्ठ खनालले कृषकलाई धम्क्याएर बढी बोल्यो भने नदिन पनि सक्ने भन्ने गर्छन् । खनालले तोकिएको स्थानमा मिस्त्री चार्ज, मोविल, गियर आयल, खेतमै जोत्ने सुविधा भएको बताए । तर, अन्य सप्लायर्सले पनि उक्त सुविधा प्रदान गर्छन् ।

कृषकका अनुसार अनुसार आफै खरिद गर्न खोज्यो भने भ्याट बिल, सूचीकृत नभएका नपाइने भन्दै आगामी वर्ष कालो सूचीमासमेत राख्ने धम्की कार्यालयबाट आउने गरेको छ । पावर टिलर र मिनी पावर टिलर खरिदमा भने कृषि यन्त्र भएकाले भ्याट लाग्दैन । एउटा मिनी पावर टिलर किसान आफैले खरिद गर्दा ७५ हजारमा सबै सुविधासहित पाउ“छ । चीनबाट आयातित विभिन्न कम्पनीको पावर टिलर ब्रान्डेड र एसम्बलमा आउने गर्छ । जसमा १० देखि १५ हजारको सोझै फरक पर्छ । वुटवलस्थित एक सप्लायर्सका अनुसार कृषिले सिफारिस गरेका पावर टिलर र मिनी पावर टिलर अधिकांश एसम्वल हुन् ब्रान्डेड हुदैनन् ।

कृषि कार्यालय मार्फत् खरिद गर्दा भने किसानले ५० प्रतिशत अर्थात ४२ हजार ५ सय तिर्नु पर्छ । जसको मूल्य ८५ हजार भेट्छ । समूह÷सहकारीले खरिद गरेपनि सप्लायर्सले दिने सेवा एउटै हो । कृषि कार्यालयका प्रमुख र उक्त कार्यक्रम हेर्नेले सिधै कमिसनको चलखेलमा आफुहरुले तोकिएकै स्थानमा गएर पैसा बुझाएर लिन चिट दिने गरेको कृषकको गुनासो छ ।

कार्यालय प्रमुख राजेन्द्र कोइराला र सूचना अधिकारी वैकुण्ठ खनालको मिलेमतो रहेको स्रोतले जनायो । उनीहरुले कृषक समूहलाई सम्झौता पढ्न नदिने र त्यहा“ लेखिएका कुरा बुझ्न दिदैछन्न् । सरकारी अनुदान अन्तर्गत कृषि प्रसार, एकीकृत बाली तथा जल व्यवस्थापन र वृहत्तर मकै उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहरसहकारीलाई पावर टिलर र मिनी पावर टिलर उपलव्ध गराउने कार्यक्रम छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म मिनि पावर टिलर १ सय ७३, पावर टिलर ५७ वटा कृषकलाई बितरण गरिसकिएको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले आफुहरुले कुनै कमिसन नलिएको दाबी गरे । ‘हामीले प्रक्रिया पुरा गर्न भैरहवा सिफारिस गरेका हौं,’ उनले भने, ‘सूचिकृत कम्पनीलाई मात्र दिनै भएकाले पनि सोही सप्लायर्समा पठाउने गरिन्छ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :