कृषिमा अर्बौ बजेट तर उपलब्धि निराशाजनक : थापा

यो समाचार 139 पटक पढिएको

काठमाडौं, १९ असार / व्यवस्थापिका संसदको कृषि तजा जलस्रोत समितिका सभापति गगन थापाले कृषिका नाममा अर्बौ रकम खर्चिए पनि उपलब्धी भने निराशाजनक रहेको बताएका छन् ।

fian_3सञ्चार फाउन्डेसन तथा फियान नेपालले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको ‘बाँंच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार, खाद्य अधिकारको लागि सञ्चारको भूमिका’ बिषयक अन्तरक्रियामा बौल्दै सभापति थापाले यस्तो भनाई राखेका हुन् । उनले कृषि विकास मन्त्रालयले कागजमा राम्रा राम्रा काम गरेको देखाएपनि बास्तवीक किसानले पनि कुनै सुविधा पाउन नसकेको जानकारी दिए । ‘कृषि विकासको नाममा मन्त्रालयले कागजमा निक्कै राम्रा योजनाहरु कार्यान्वयन गरेर अर्बौ रुपैयाँं खर्च गरेको छ, ’ उनले भने, ‘तर फिल्डमा गएर अनुगमन गर्दा बास्तवीक किसानले कुनै सुविधा नपाएको भेटियो । अर्बौ लगानीको प्रतिफल निराशाजनक देखियो ।’

सभासदसमेत रहेका थापाले किसानका लागि सरकारले ल्याएको ६ प्रतिशत व्याजमा ऋण सुविधा पनि कुनै पनि बैंकले ग्रामिण तहका किसानलाई उपलब्ध नगराएको गुनासो पोखे । ‘किसानको सुविधाका लागि ल्याइएको सरल ऋणबाट किसान लाभान्वित हुन सकेका छैंनन्,’ उनले भने, ‘बैंकको सरल ऋण नेपाली उखान हात्तिको देखाउने दात एउटा र चपाउने दाँंत अर्कोजस्तै भएको छ ।’ सभापति थापाले सरकारले ल्याउन लागेको पुर्ननिर्माण कार्यक्रम घर निर्माणमै सिमित नराखेर जिविकोपार्जनलाई पनि पुर्ननिर्माणअन्तर्गत समावेश गर्नुपर्ने सुझाव दिए ।

व्यवस्थापिका संसदकै अर्थसमितिका सभापति प्रकाश ज्वालाले सम्पूर्ण नागरिकले खान पाउनु र बांच्न पाउनु मौलिक अधिकार भएको बताए । निर्माण हुन लागेको संविधानमा पनि यसलाई प्राथमिकताका साथ समावेश गर्न लागिएको उनले जानकारी दिए । सभापति ज्वालाले सरकारले कृषिलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने सुझाव दिए । ‘अबको सरकार उत्पादन बृद्धि र श्रम शक्तिलाई मुलुकभित्रै रोक्ने खालको योजना तथा बजेट ल्याउन सक्नुपर्छ ।’ राजनीतिक दलले खान पाउने र बाँंच्न पाउने अधिकारलाई प्रमुख एजेण्डा बनाउनुपर्ने उनले सुझाव दिए । थापा र ज्वालाले सञ्चारकर्मीहरुले खान पाउने अधिकारको बारेमा प्रभावकारी रुपमा कलम चलाउनुपर्ने बताएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :