सीजीले सिड्सले फेरी ढाँटे

यो समाचार 160 पटक पढिएको

सीजिले सातामै वोली फेरी

काठमाडौं, ५ पुस ।  वहुराष्ट्रिय अमेरिकी कम्पनी मोनसान्टोद्वारा उत्पादित कुनै पनि प्रकारको वीउ आयात गरेर विक्रि बितरण नगर्ने सीजी सिड्स एण्ड फर्टिलाइजर प्राइभेट लिमिटेडले शुक्रबार दावी गरेको छ । सीजीले पछिल्लो समयमा मोनसान्टो कम्पनीकै तरकारीको वीउ आयात गर्न सरकारसँंग स्वीकृतका लागि दौडधुप गरिरहेको अवस्थामा यस्तो प्रतिक्रिया दिएको हो । गत सातामात्रै सीजी सिड्सका प्रतिनिधि मोनसान्टोद्वारा उत्पादित काउलीको मेघा, बन्दाको जेनिथ, काक्रोको मालिनी र भान्टाको सामली नाम गरेको वीउ आयात गर्न बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा धाइरहेका थिए ।

सीजी सिड्सले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर आफु मोनसान्टोको बीउ बिक्रि नगर्ने उदघोष गरेपनि केन्द्रबाट भने सोही कम्पनीको वीउ आयात गर्न लागेको केन्द्रका प्रवक्ता लालप्रसाद आचार्यले जानकारी दिए । Monsanto New“मोनसान्टो कम्पनीको कुनै पनि प्रकारको वीउ आयात गरेर हामी बिक्रि वितरण गर्दैनौं,” कम्पनीको प्रवन्ध निर्देशक अविनाश पन्तले भने, “सरकारको अनुमतिमा गत बर्ष उक्त कम्पनीबाट हाइव्रीड जातको मकैको वीउ आयात गरेका थियौं । मोनसान्टोसँंगको हाम्रो सम्बन्ध गत बर्ष नै समाप्त भइसकेको छ ।

उक्त कम्पनीसँंग अब हाम्रो कुनै सम्बन्ध छैन ।” प्रवन्ध निर्देशक पन्तले आफ्नो कम्पनीले जेनेटिकली मोडिफाइइ (वंशाणुगत गुणमा फेर वदल गरिएका) बीउलाई प्रोत्साहन नगरेको तथा भविष्यमा पनि यसप्रकारका बीउ आयात, उत्पादन तथा विक्रि बितरणमा कुनै पनि प्रकारको प्रवद्र्धन नगर्ने दावी गरे । कम्पनीका सञ्चार अधिकृत आरपी मैनालीले गत बर्ष मोनसान्टो कम्पनीले उत्पादन गरेको करिब दुई सय किलो मकैको हाइव्रीड बीउ नेपाल भित्र्याएर बिक्रि वितरण गरेको दावी गरे । तर कुन जातको बीउ आयात गरिएको थियो, त्यो बारेमा भने खुलाउन मानेनन् ।
पन्तले अहिले आफ्नो कम्पनीसँंग अहिले मोनसान्टो कम्पनीबाट उत्पादन गरिएका कुनै पनि प्रकारको वीउ मौज्दात नरहेको पनि दावी गरेका छन । मोनसान्टोद्वारा उत्पादित मकै तथा विभिन्न तरकारीवालीका वीउ बिक्रिका लागि तयार रहेको भन्दै केही दिन अघि मात्रै एक राष्ट्रिय दैनिकमा सूचना नै जारी गरेका थिए । (हेर्नुस तस्वीर)

पन्त भन्छन, “पत्रिकामा आएको सूचना स्टोर किपरको गल्तिका कारण आएको हो । हामीसँंग मोनसान्टोको कुनै पनि प्रकारको बीउ मौज्दात छैन ।” पन्तले करिब एक दिनमै दुईप्रकारको वोली फेरेर नियतवशः सबैलाई ठगेको प्रस्ट हुन्छ । पन्तले वंगलादेशको एनएस सिड्स प्राइभेट लिमिटेडसंग सहकार्य गरेर सोही कम्पनीको प्रत्यक्ष रेखदेखमा नेपालमा गुणस्तरयुक्त बीउ उत्पादन गर्न सुरु गरिएको दावी समेत गरेका छन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :