कृषिमन्त्री पराजुलीको राजीनामा स्वीकृत

यो समाचार 298 पटक पढिएको

काठमाडौं, १७ असार / कृषिमन्त्री हरिप्रसाद पराजुलीले दिएको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले स्वीकृत गरेका छन् ।

5काठमाडौंको मुलपानीमा धान दिवस मनाउने क्रममा महिलाहरुलाई जथाभावी समातेका तस्बिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि आलोचित भएका मन्त्री पराजुलीले बिहीबार बिहान पदबाट राजीनामा दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर पराजुलीले राजीनामा दिएका थिए । ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार मन्त्री पराजुलीले स्वेच्छाले राजीनामा दिएको जानकारी अध्यक्ष ओलीलाई गराएका थिए ।

बालकोटबाट बालुवाटार पुगेर मन्त्री पराजुलीले दिएको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले अन्तरिम संविधानको धारा ३८ ९८० बमोजिम् स्वीकृत गरेका हुन् । प्रम कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत भएको जानकारी ट्विटरमार्फत गराएका हुन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :