धान दिवसमा महिला समात्‍ने मन्त्रीलार्इ हटाउन माग

यो समाचार 298 पटक पढिएको

काठमाडौं, १६ असार / काठमाडौंको मूलपानीमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय महिलालार्इ जथाभावी समात्ने कृषिमन्त्री हरिप्रसाद पराजुलार्इ कारबाही गर्न सभासद्हरुले माग गरेका छन् ।

Hari Parajuli, Ministerबुधबार बसेको व्यवस्थापिका संसद्को बैठक शुरु हुनेबित्तिकै सभासद्हरुले रोपाइँ दिवसमा हिलो खेल्ने क्रममा महिलालार्इ समातेपछि कृषिमन्त्री पराजुलीमाथि कारबाही माग गरेका हुन् ।

व्यवस्थापिका संसद्को बैठक शुरु हुनेबित्तिकै एमाओवादीका सभासद् जनार्दन शर्मा प्रभाकरले मन्त्री पराजुलीले नेपाली संस्कृतिको समेत ख्याल नगरी सार्वजनिकस्थानमै महिलालार्इ समात्ने मन्त्री पराजुलीलार्इ हटाउन माग गरेका हुन् ।

त्यसैगरी अर्की सभासद् अनुराधा पौडेलले पनि मन्त्री पराजुलीको गतिविधि नेपाली समाजका लागि अपाच्य रहेको उल्लेख गर्दै उनलार्इ तत्काल हटाउन माग गरिन् ।

सभासद्हरुले मन्त्री पराजुलीको गतिविधि नेपाली समाजकालार्इ सुहाउनै नसक्ने जनाउँदै उनलार्इ तत्काल सरकारबाट हटाउन माग गरेका हुन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :