दूधमा आत्मनिर्भरता बढ्यो

This post has already been read 171 times!

बाँके, ५ पुस । नेपाल दुग्ध विकास संस्थानले नेपालगन्ज दुग्ध वितरण आयोजना सञ्चालन गरेपछि दुग्धजन्य सामग्रीमा बाँके जिल्ला क्रमशः आत्मनिर्भर हुँदै गएको छ । जिल्लाको कोहलपुरमा सो आयोजना सञ्चालनमा आएपछि यस क्षत्रका उपभोक्ताले दूध र दुग्धजन्य सामग्री मागअनुसार पाउन थालेका छन् । विसं २०६७ साउनदेखि सञ्चालित सो आयोजनामार्फत संस्थानले दूध र दुग्धजन्य सामग्रीको बिक्री सुरु गरेपछि उपभोक्ताहरू ‘डिडिसी’ ब्रान्डप्रति आकर्षित भएका हुन् ।

आयोजनाले हाललाई आफ्नो उत्पादनको बजार नेपालगन्ज र कोहलपुरलाई बनाएको छ भने निकट भविष्यमा मध्य तथा सुदूरपश्चिमका जिल्लामा पनि बिक्री सुरु गरिने जनाएको छ । आयोजनाका अनुसार, कारखानाबाट हाल दैनिक एक हजार लिटरभन्दा बढी दूध, करिब ३ सय लिटर दही र घ्यूउ प्रशोधन हुने गरेको छ ।