सप्तरीमा आँंप महोत्सव सम्पन्न

यो समाचार 301 पटक पढिएको

सप्तरी, १६ असार । आँप एक स्वाद अनेक नाराका साथ पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सप्तरीको कुसहा गाविसमा शुक्रबारदेखि सुरु भएको तीन दिने सप्तरी आँप महोत्सव २०७२ तथा बृहत् कृषि मेला प्रदर्शनी आज सम्पन भएको छ ।

Mangoमहोत्सवका अवसरमा कृषकको उल्लेख्य सहभागिता रहेको र सो महोत्सवमा विभिन्न कृषिजन्य उत्पादनका २५ वटा स्टल प्रदर्शित गरिएका थिए । प्रदर्शित वस्तुको मूल्याङ्कन गरी २४ उत्कृष्ट कृषकलाई विभिन्न बालीमा र चार उत्कृष्ट स्टललाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस जिल्लामा पहिलोपटक आयोजित आँप महोत्सवमा उल्लेख्य सङ्ख्यामा कृषक उद्यमी तथा अवलोकनकर्ताहरुको सहभागिता थियो ।

नेपालको कुल आँपको बगैँचाको क्षेत्रफल ४१ हजार ४२१।५ हेक्टरमध्ये सप्तरीमा सबैभन्दा बढी आँपको बगैँचाको क्षेत्रफल ६ हजार हेक्टर रहेको र जिल्लाको कल्याणपुरदेखि मधुपट्टीसम्म लगातार करिब १२ किमी लामो क्षेत्रमा जोडिएको एकै स्थलमा करिब एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैँचा रहेको छ ।

सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष अरुणकुमार प्रधानको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा महोत्सव सम्पन भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :