ऐन विपरीत खाद्यान्न बिक्री गर्ने २५ व्यवसायीविरुद्ध मुद्दा

यो समाचार 224 पटक पढिएको

चितवन, ५ पुस । खाद्य ऐन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण एकाई चितवनले २५ व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ । गएको एक वर्षमा २१ वटामात्रै मुद्दा चलाइएको चितवनमा यस पटक पहिलो चौमासिकमै २५ मुद्दा दर्ता भएको हो । जिल्लामा अनुगमनलाई तीव्रता दिइएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो । crimeउहाँले अहिले व्यवसायी र विभिन्न कम्पनी गरी १५ वटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको रायसुझावको आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो । अहिले दायर गरिएको मुद्दा अधिकांश व्यवसायीविरुद्ध भएको र त्यसमा केही कम्पनीसमेत परेको उहाँले बताउनुभयो । खानेकुरामा अखाद्य रङ मिसाउने होटल व्यवसायी र मिति सकिएको पेय पदार्थ तथा बिस्कुट बिक्री वितरण गर्ने व्यवसायीहरूविरुद्ध खाद्य ऐनअनुसार मुद्दा चलाइएको हो ।

अघिल्लो एक वर्षमा १३७ नमुना सङ्कलन गरिएकामा ३७ नमुना खाद्य ऐन विपरीत थियो । जसमा २१ मुद्दा दर्ता गरिएको थियो । खाद्यसम्बन्धी मुद्दाहरू चितवन प्रशासनले हेर्ने गर्दछ । ऐन विपरीत पाइएमा सम्बन्धित व्यवसायीलाई रु १० हजार जरिवाना वा दुई वर्षको कैद अथवा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । खानेकुरा प्रयोग गरेर हानिनोक्सानी भएमा रु एक लाख क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासमेत ऐनमा छ । विगतमा चेतावनी दिएर छाडिएको भए पनि यस पटक भने ऐन विपरीत पाइए सोझै बयान लिएर मुद्दा प्रक्रियामा गएकाले मुद्दा बढेको देउजाले बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा चितवनमा पटक पटक विभिन्न बजार क्षेत्रमा अनुगमन भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :