पशुपालन तालिम सम्पन्न

यो समाचार 263 पटक पढिएको

बलेवा (बागलुङ), १६ असार । जिल्ला पशुसेवा कार्यालयले विभिन्न स्थानमा व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ ।

Goatस्थानीय कृषि विकास समिति र गाविससँगको समन्वमा पशुसेवा कार्यालयले यहाँको दगातुनडाँडा र तंग्रामका किसानलाई तालिम दिएको हो । दगातुनडाँडाका किसानका लागि व्यावसायिक बाख्रापानल तथा भौँसीपालन तथा तंग्रामका किसानका लागि बङ्गुरपालन सम्बन्धी तालिम प्रदान गरेको पशुसेवा कार्यालयले जनाएको छ ।

दगातुनडाडाँ–वडा नं २ र ३ का ३० जना कृषक सहभागी बाख्रापालन तालिमा बाख्रामा हुने प्रजनन् सम्बन्धी विकृति, बच्ने उपाय तथा रोकथाम र उपचार विधिका विषयमा जानाकारी गराइएको पशुसेवा सेवाकेन्द्र खर्वाङका प्राविधिक महेन्द्रराज पन्थीले बताउनभयो । साथै गाविसकै बडा नं ४ र ५ का २५ जना किसानका लागि भँैसीपालन गर्दा अपनाउनुपर्ने सावधानीका विषएमा जानाकारी गराइएको थियो । भँैसीमा लाग्ने मौसमी रोग, दैनिक रुपमा गर्नुपर्ने स्याहार, रोगव्यादी र अपनाउनु पर्ने सावधानीका विषयमा सो अवसरमा भैँसीपालक कृषकलाई प्रशिक्षित गरिएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :