डडेलधुरामा किबिफलको उत्साहवद्र्धक खेती

यो समाचार 366 पटक पढिएको

भीमदत्तनगर, १६ असार । डडेल्धुरामा किबि फलप्रति किसानको चासो बढ्दै जान थालेको छ ।

KIbi, Newsagrocomयुरोपका देशतिर प्रशस्त मात्रामा पाइने किबि फलप्रति डडेल्धुराका कृषकको चासो बढ्दै जान थालेको हो । किलोको रु ५०० देखि रु ८०० सम्म कारोबार हुने भएकाले पनि यसतर्फ कृषकको आर्कषण बढेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिनेशप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले किबिखेती प्रबद्र्धनका लागि कार्यालयले कृषकलाई अनुदान समेत दिन थालेको बताउनुभयो । पहिलो पटक अमरगढी नगरपालिका– १ भेटाका कृषक गणेशबहादर ऐरले आफनो ६ रोपनी जग्गामा किबिखेती गर्नुभएको थियो । खेती सुरु गरेकोे तीन वर्षमा फल दिन सुरु गर्नै भए पनि यो क्षेत्रमा भने दुई वर्षैमै फल दिएको र राम्रो आम्दानी भइरहेको कृषक ऐरको भनाई छ ।

कृषक ऐरको किबिखेतीबाट प्रभावित बन्दै जिल्लाका अन्य कृषकसमेत किबिखेती गर्न थालेका छन् । डडेल्धुरामा किबिखेतीको लागि उपयुक्त वातावरण हुँदा यसको बीउको माग कृषकबाट अत्यधिक रुपमा आइरहेको वरिष्ठ कृषि विकास अधिकृत सापकोटाले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :