असार १५ को चटारोः राष्ट्रिय धान दिवस (फिचर)

यो समाचार 295 पटक पढिएको

6 final

मानो रोपेर मुरी उब्जाउने अर्थात असार १५ को समयलाई सदुपयोग गर्दै विभिन्न स्थानमा बाह्रो राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । अन्य दिन कृषिको पक्षमा सशक्त रुपमा वकालत गर्न नसक्ने संस्था र नेताहरुले यो दिनलाई सदुपयोग गरेका छन् । राजधानी र वरिपरीका क्षेत्रमा मंगलबार सरकारी निकायसहित आधि दर्जन संस्थाले धान रोपेर असार १५ मनाएका छन् । चर्को घाममा तप्प तप्प पसिना चुहाउदै रोपाहार, नेता, कर्मचारी, चलचित्रका कलाकार, नागरिक समाजका अगुवाले यो दिवसमा सहभागिता जनाएका थिए ।

2 final

कृषि विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ, एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), नेपाल काग्रेसको भातृ संगठन नेपाल किसान संघलगायतका संस्थाहरुले धान रोपाईको कार्यक्रमको आयोजना गरेर असार १५ मनाएका हुन् ।

9 final

नार्कले खुमलटारस्थित बाली बिज्ञान महाशाखाको हातामा कृषि विकास मन्त्री हरिप्रसाद पराजुली, सचिब उत्तमकुमार भट्टराईलगायतको सहभागितामा धान रोपाई र दहि च्युरा खाएर असार १५ मनाएको हो । मन्त्री पराजुलीले धान रोप्ने मेसिनबाट धान रोपेर कार्यक्रमको सुरुआत गरेका थिए । असार १५ को अवसरमा रोपाहार र सरकारी अधिकारी हिलो छ्याप्दै धान दिवसको आनन्द लिएका थिए । त्यस अवसरमा मन्त्री पराजुलीले जलवायु परिवर्तनको असर खप्न सक्ने र बढी उत्पादन दिन सक्ने धानको जात विकास गर्न नार्कलाई निर्देशन दिएका थिए । 

Nark Programme final

मन्त्रालयको अगुवाईमा भने काठमाडौंको मूलपानीमा धानखेतीमा यान्त्रिकरण, उत्पादन लागतमा न्यूनिकरण भन्ने नाराका साथ यो दिवस मनाइएको छ । मूलपानीमा पनि मन्त्री पराजुली र सचिब भट्टराईको नेतृत्वमा दिवस मनाइएको थियो । यस्तै अखिल नेपाल किसान महासंघले काठमाडौंकै तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा महासंघको अध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमको नेतृत्वमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । बाजागाजा र सुरक्षा दस्तासहित पुगेका गौतम भने हिलोमा नटेक्दै सम्बोधन गरेर फर्केका थिए ।

Nark 2 final
गृहमन्त्री गौतमले आधुनिकीकरण र यान्त्रिकरण बिना नेपालको कृषिलाई अघि बढाउन नसक्ने औल्याएका थिए । उनले महासंघको अगुवाईमा मात्रै यान्त्रिकरण र आधुनिकीकरण हुने दावी गरे । कार्यक्रममा उर्जामन्त्री राधा ज्ञवाली, सभासद रामवीर मानन्धरलगायतको सहभागिता थियो । यसैगरी नेपाल किसान संघले बुढानिलकण्ठमा रोपाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको अगुवाई नेपाली काँंग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले गरेका थिए । यस्तै नेपाली चलचित्रकी नायिका बिनिता बरालले भक्तपुरको गुण्डु क्षेत्रमा धान रोपाई गरेकी छिन् ।

Nark 4

असार १५ लाई सरकारले प्रत्येक बर्ष राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ । धानलाई नेपालको प्रमुख खाद्यान्नवालीको रुपमा लिइन्छ । सिंचाई र उन्नत प्रविधिको अभावमा नेपालमा बर्षेनी धानवालीको उत्पादन घट्दै गएको बिज्ञहरुले औल्याएका छन् । मुलुकभर भव्यताका साथ असार १५ मनाइरहँंदा किसानका लागि भने यो दिवसले त्यति छोएको देखिएन् । यो वर्ष धान रोप्ने किसानलाई फेरी अकाशे पानीले धोका दिएको छ ।

Bamdev Gautam Final

रचनात्मक प्रतिक्रिया दिनुहोस् :