धान दिवस भव्यतापूर्वक मनाइने

यो समाचार 342 पटक पढिएको

ललितपुर, १३ असार/ नेपालमा धान उत्पादन कम हुनुको प्रमुख कारण बढ्दो जनङ्ख्या, खेतीयोग्य जमिनमा आवासका लागि ‘प्लटिङ’ हुनु र समयमा मनसुनी वर्षा नहुनु रहेको बताइएको छ ।

Paddyबाह्रौँ राष्ट्रिय धान दिवसको अवसरमा आज यहाँ कृषि विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा युवकध्वज जिसीले नेपालमा धान उत्पादन अन्य बालीको तुलनामा झण्डै दोब्बर रहेको भएपनि कृषकले माटो सुहाउँदो धान नलगाउनु र व्यावसायिकतातर्फ उन्नमुख नहुनु पनि उत्पादनमा कमी आउनुको अर्को कारण रहेको बताउनुभएको छ ।

जिसीका अनुसार नेपालको कूल जनसङ्ख्याको करिब ६६ प्रतिशत जनसङ्ख्या कृषिआश्रित भई ३३ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करिब २१ प्रतिशत योगदान धानको मात्र हुने गरेको जानकारी दिनुभयो । कृषि विकास मन्त्रालयको प्रारम्भिक अनुमानमा आगामी आव २०७२/७३ मा करिब ३२ लाख ३२ हजार मेट्रिक टन चामल आवश्यक पर्ने भए पनि करिब २५ लाख ५५ हजार आपूर्ति भई करिब छ लाख ७७ हजार मेट्रिक टन अपुग हुने देखिएको पनि सम्मेलनमा जानकारी गराइएको थियो ।

नेपालमा खेती गरिने कूल क्षेत्रफलको ५५ प्रतिशत जग्गामा कृषि अनुसन्धान परिषद्ले विकास गरेका ६२ धानका जातको खेती हुँदै आएको छ । देशलाई धानमा आत्मनिर्भरतातर्फ उन्मुख गर्ने उद्देश्यले कृषि विभाग बाली विकास निर्देशनालयमार्फत यस आव २०७१÷७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ । यसवर्ष ‘धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण’ नारासाथ धान दिवस मनाउने तयारी छ । हरेक वर्षको असार १५ गते धान दिवस मनाइन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :