मुस्ताङको पहिचान बन्दै छ च्याङ्ग्राको सुकुटी

यो समाचार 136 पटक पढिएको

वेनी,  हिमाल पारीको जिल्ला मुस्ताङका बासिन्दा हिउँदको फुर्सदिलो समयको फाइदा उठाउँदै भेडाच्याङ्ग्राको सुकुटी बनाउन व्यस्त भएका छन् मुस्ताङीहरूलाई हिजोआज जन्मथलो छाडेर देशका विभिन्न सहर तथा विदेश गएका आफन्त र काठमाडौैं, पोखरालगायतका ठाउँमा रहेका होटलबाट माग भएको सुकुटी बनाउन भ्याइनभ्याइ भएको हो।

चिसो हावापानीमा बनाइएको स्वादिष्ट सुकुटीको स्वाद जन्मथलो छाडेका मुस्ताङीहरूलाई मात्र होइन एकपटक मुस्ताङ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलेसमेत बिर्सन सक्दैनन्। काठमाडौँ, पोखरा, नारायणघाटलगायत देशका विभिन्न सहर बजारका साथै जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स, भारत, बेलायतलगायत देशमा पुगेका आफन्तलाई कोसेलीको रूपमा सुकुटी पठाउनेगरेको जोमसोमका कर्चुङ गुरूङले वताए।Mustang

ुकोसेलीको रूपमा पठाएको सुकुटी होटल र लजहरूमा पनि पुग्छु, गुरूङले भने– ुकेही वर्षयता भेडाच्याङ्ग्राको सुकुटी मुस्ताङको पहिचान बन्न थालेको छ। पर्यटकीय जिल्लाको रूपमा चिनिने मुस्ताङका धेरै बासिन्दा व्यावसायिकरूपमा र मासुका उद्देश्यले भेडा, च्याङ्ग्रा, चौंरी पाल्ने गर्छन्। सुकुटी बनाउने क्रममा छाला, ऊन र मासुका अन्य परिकार पनि बनाउने गरिन्छ। छाला र ऊन तिब्बततर्फ निर्यात हुने गर्छ।

यहाँ स्वादिलो सुकुटीको स्वाद लिनकै लागि पनि आन्तरिक तथा वाह्य पर्यटक पनि आउनेगरेका छन्। अघिल्लो वर्ष ४१ वटा भेडाको सुकुटी बनाएर निर्यात गरेको जोमसोमका ओमप्रसाद शेरचनले वताए। ओमप्रसाद मात्र नभएर मार्फाका कृष्ण गौचन, कागबेनीका रिङजिङ नाम्गेल गुरूङ, मुक्तिनाथका ताक्ला ठकुरीलाई पनि हिजोआज सुकुटी बनाउन भ्याइनभ्याइ छ। चिसो मौसममा बनाइएको सुकुटी स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पुस र माघको समयमा स्थानीयवासीले यस समयमा सुकुटी बनाउने गर्छन्। स्वस्थ पशु बध गरेर हावा लाग्ने ठाउँमा कम्तीमा एक हप्तासम्म सुकाएर सुकुटी बनाउने गरिन्छ। उपल्लो मुस्ताङका बासिन्दा चौंरीको सुकुटी बनाई आफैसँग लिएर घुम्ती व्यापार गर्न न्यानो ठाउँमा गइसकेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :