पीडित कृषकलाई पाँच वर्षसम्म निःशुल्क बीउ माग

यो समाचार 276 पटक पढिएको

काठमाडौँ, ९ असार /नेपाल क्रान्तिकारी किसान सङ्घले भूकम्पपीडित कृषकलाई कम्तीमा पाँच वर्षसम्म निःशुल्क बीउ, रासायनिक मल, कीटनाशक औषधि तथा कृषि औजारलगायत सामग्रीको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई आज ज्ञापनपत्र बुझाएको छ ।

seedसङ्घका अध्यक्ष डिल्लीप्रसाद काफ्लेको नेतृत्वमा आज प्रधानमन्त्री कार्यालयमा गएको प्रतिनिधिमण्डलले कृषि तथा पशुपक्षीमा क्षति पुगेका किसानको विवरण सङ्कलन गरी उनीहरुलाई राहत उपलब्ध गराउन माग ग¥योे ।

पीडितलाई अहिलेसम्म उपलब्ध गराइएको राहतको विवरण सम्बन्धित नगरपालिका तथा गाविसमार्फत सार्वजनिक गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने राहत स्थानीय निकायमार्फत एकद्वार प्रणालीबाट मात्र वितरण गर्नुपर्ने, गुठी जग्गा र मोहियानी लागेका जग्गामा बनाइएका घरमा क्षति पुगेका किसानलाई सोही जग्गामा घर बनाउन ऋण लिन पाउने व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ ।

पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सङ्घले कृषकको पक्षमा उठाएका विषय जायज भएको र ती माग प्राथमिकतामा राखेर निर्णयका लागि अगाडि बढउन आफूले सक्दो सहयोग गर्ने वचन दिएकोे सङ्घका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :