बिषाक्त ढिडो र गुन्द्रुक सेवन गर्दा चार बिरामी, एकको अवस्था चिन्ताजनक

यो समाचार 241 पटक पढिएको

काठमाडौं, ७ असार / विषाक्त मकैको ढिडो र गुन्द्रुक सेवन गरेका कारण धादिंगका एकै परिबारका चारजना सिकिस्त बिरामी भएका छन् । बिरामीमध्ये एकको अवस्था चिन्ताजनक अवस्थामा रहेको मनमोहन अस्पतालले जनाएको छ ।

dhading
तस्विर : मनमोहन अस्पताल

अस्पतालको प्रशासकीय अधिकृत नवराज रुपाखेतीकाअनुसार धादिंगको पिंडा गाबिस ८ काउकाई बस्ने ८५ बर्षीय लालबहादुर तामांगसहित चारजना सदस्य बिरामी परेका हुन् । अस्पतालकाअनुसार लालबहादुर परिबारका १५ बर्षीया नक्कली तामांग, ४१ बर्षीया सानी माया तामांग र ४० बर्षका सुनबहादुर तामांग मकैंको ढिडो र गुन्दु्रक सेवन गर्दा बिरामी परेका हुन् ।

आइतबार बिहानको खानाको क्रममा उक्त खाना खाएका थिए । उनीहरुको अवस्था बिग्रिदै गएपछि आइतबार अवेर राति राजधानीको मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचारको ल्याएको थियो । चारैजनाको अस्पतालको सघन कक्ष( आईसीयु) मा भइरहेपनि लालबहादुरको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सोही जिल्लामा गत फागुन २५ गते विषाक्त गहुंको रोटी सेवनबाट भएको घटनास्थल पुकुन गाउंबाट यो वस्ती १.५ कि.मी. को दुरीमा अवस्थित छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :