प्राङगारीक कफी चक्र तालीम सम्पन्न

यो समाचार 222 पटक पढिएको

समिक्षा शर्मा
पर्वत, ७ असार / कफि खेतीलाई व्यवसायीक बनाउने उदेश्यका साथ पर्वत जिल्लाको कुश्मा नगरपालीका–१६ स्थित पिपलटारीमा क्रियाशिल पुर्णेश्वर कफी सहकारी संस्थाका कफी कृषकहरुको लागि आयोजना गरिएको ३ दिने प्राङगारीक कफी चक्र तालीम सम्पन्न भएको छ ।

Parwatराष्ट्रिय चिया तथा कफी बिकास बोर्ड काठमाण्डौको सहयोग, नेपाल कफी व्यवसायी महासंघको आयोजना तथा जिल्ला कफी व्यवसायी संघको समन्वयमा उक्त तालीमको आयोजना गरीएको हो ।

तालीममा कफी खेतीको महत्व, यसको बजार, कफी रोपण, बगैचा निर्माण, छहारि तथा मलखाद व्यवस्थापन, काँटछाँट, रोग किरा व्यवस्थाप, कफी टिपाई लगायत प्रशोधनको बारेमा सहजीकरण गरिएको थियो । सहकारीका २१ जना कृषक र कफी तालीमको साथै भोलेन्टीयरको रुपमा हल्याण्ड बाट आएकी मिक्क बार्चर समेतको सहभागिता रहेको उक्त तालीमको सहजीकरण नेपाल कफी व्यवसायी महासंघका महा–सचिव एवं कफी प्रबिधिक भवानीप्रसाद शर्माले गर्नु भएको थियो ।

तालीम पश्चात पिपलटारी क्षेत्रमा यस बर्ष २ हजार कफीका बिरुवा रोपण गरिने सहकारीका सचिव सन्तोष पौडेल बताए । पौडेलका अनुसार ग्रामीण क्षेत्रमा जनशक्तिको अभावमा अन्य खेती नगरिँदा जमिन बाँझो रहने अवस्थालाई ध्यानमा राखेर युवाहरुको सहभागितामा नै कफी खेतीको बिस्तार गर्न थालीएको हो ।

भौगोलीक र हावापानीको दृष्टिले उपयोगी मानीएको पिपलटारी क्षेत्रमा कफी उत्पादन राम्रो हुने जिल्ला कफी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार उक्त क्षेत्रमा अहिले नेपालमै राम्रो जातको रुपमा मानिएको एल्लो काटुरा जातको कफी रोपणको लागी सिफारिस गरिएको छ ।

यस बर्ष मात्रै पिपलटारी क्षेत्रमा करिव ३ मेट्रीकटन ताजा कफी उत्पादन भएको छ । थोरै दुखले पनि उत्पादन गर्न सकिने र एक बर्ष लगाएपछि पुस्तौ सम्म फल्ने कफी खेती अहिलेको अवस्थामा निकै उपयोगी भएको कृषहरु बताउँछन् । उत्पादीत कफीको बजारीकरण जिल्ला कफी सहकारी संघले गर्ने भएको हुँदा कफी खेतीलाई व्यवसायीक रुममा लैजान कुनै समस्या नभएको कृषहरु बताउँछन् ।

उत्पादन र बजारीकरणको हिसावले पर्वत जिल्लामा नगदेबालीमा कफी सुन्तला र बिउ पछि तेस्रो स्थानमा पर्दछ । तर जिल्ला बिकास समिति र जिल्ला कृषि बिकास कार्यालयले यसमा चासो नदीदा सोचते अनुरुप व्यवसायीक बन्न नसकेको कफी कृषकहरुको गुनासो रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :