स्वादिला जातका धान लोप हुने अवस्थामा

यो समाचार 340 पटक पढिएको

नेपालगन्ज, ६ असार / किसानले बढी उत्पादन लिन नयाँ धानको खेती गर्न थालेपछि पुराना र स्वादिला धान लोप हुने अवस्थामा पुगेका छन्।

Paddyकालानमक, श्याम जिरा, वासमतीलगायतका पुराना धान करिब करिब लोप नै हुन अवस्थामा पुगेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका धान वैज्ञानिक रामदास चौधरी बताउँछन्। लागत बढी र उत्पादन कमहुने भएकाले किसानले पुराना स्वादिला जातका धान लगाउन छोडेका छन्। वैज्ञानिक पुराना स्वादिला जातको धानको विकल्पमा सुनौलो सुगन्धा भन्ने जात ल्याए पनि सफल हुन नसकको वैज्ञानिक चौधरी बताउँछन्।

‘उत्पादन पनि छैन, ढिलो हुन्छ। त्यसैले किसानले लगाउनै छाडिसके’,वैज्ञानिक चौधरीले भने,’ठूला जमिनदारले खानाका लागि फाटफुट लगाएको पाइन्छ, नत्र पुराना स्वादिला जातको अहिले छैन।’ अहिले नेपालमा सबैभन्दा राम्रो जातको रूपमा मन्सुली धान रहेको वैज्ञानिक चौधरीले बताए। ‘खानामा मिठो, बजार भाउ र उत्पादन पनि राम्रो , त्यसैले किसान अहिले सबैभन्दा मन पराएको जात सावा मन्सुली हो’, वैज्ञानिक चौधरीले भने।

अहिले धानको बीउ राख्ने बेला भएको छ। तर, कुनै किसानको पुराना प्रति मोह छैन। सबै किसान नयाँ तथा उन्नत जातका धानका बीए लगाइरहेको छ। पहाडी भेगमा किसानले धानको बीउ राखिसकेका छन्। लागत बढी र उत्पादन कमहुने भएकाले किसानले पुराना स्वादिला जातका धान लगाउन छोडेका छन्। तराईमा राख्ने क्रम जारी छ। अनुसन्धान केन्द्रका वैज्ञानिक सन्तोष त्रिपाठीका अनुसार तराईका पानी कम लाग्ने ठाउँमा राधा ४, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५ र सुख्खा ६ जात बीउ प्रयोग गरिएको छ।

यसैगरी पानी भएको ठाउँमा रामधान, सावित्री तथा डुवान हुने ठाउँमा सावा मन्सुली सव १ र स्वर्ण सव १ उपयुक्त हुन्छ।  पहाडमा खुमलटार, खुमल ४, खुमल १०, खुमल ८ सबैभन्दा लोकपित्र छन्। तराईको नौ सय मिटर उचाइ सम्म तथा पहाडमा नौ सयदेखि १५ सय मिटर सम्म माथिका जात उपयुक्त हुन्छन्।

वैज्ञानिक त्रिपाठी पनि पुराना जातको विकल्पमा माथि उल्लेखित जातका धान लिएको बताउँछन्। उनले भने,’पहाड वा तराई जहाँका किसानले पनि छिटो पाक्ने र धेरै उत्पादन हुने जातको धान नै रोज्छ, पुराना त रोज्दैनन।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :