टहराभित्र लटरम्म ‘सुन’ 

यो समाचार 218 पटक पढिएको

काठमाडौं, ६ असार / भूकम्पपछि धेरैको बास टहरा र पालमुनी भएको छ । वैशाख १२ गते भूकम्प गएलगत्तै यस्ता टहरा र पाल पाउन पनि मुश्किल थियो । खेतबारीमा गोलभेंडा लगाइएको टहराले धेरैलाई बास दियो ।

Tunnel Tomatoधेरैलाई बास दिने यही टहरा अर्थात टनेलमा अहिले लटरम्म गोलभेंडा फल्न थालेको छ । अहिले फलेको गोलभेंडा किसानले भूकम्प आएकै बेला लगाएका हुन् । अहिले बेमौसमी गोलभेंडा फल्ने सिजन हो । प्लाष्टिकको टहराभित्र विशेष रेखदेख र मलपानी राखेर योबेला फलाइने गोलभेंडा किसानको लागि सुन जत्तिकै हुन्छ ।

‘अहिले भाउ निकै राम्रो छ, त्यसैले यो सिजनको गोलभेंडा हाम्रो लागि सुनभन्दा कम छैन’ काठमाडौं तीनथाना नजिक मूलखुशी भन्ने ठाउँमा व्यवसायिक गोलभेंडा खेती गर्ने कमल पण्डितले भन्नुभयो । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा यसैगरी लटरम्म गोलभेंडा फलेको छ ।

किसानका अनुसार एउटै बोटमा १५ किलोसम्म गोलभेंडा फलाउन सकिन्छ । योबेला व्यवसायीले किसानको खेतबारीमै पुगेर किलोको ५० देखि ५५ रुपैंयाको दरले गोलभेंडा किन्ने गर्छन् । जेठको अन्त्यदेखि माघ महिनासम्मै गोलभेंडाबाट उत्पादन लिन सकिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :