पूर्वी क्षेत्रका ८० प्रतिशत चैते धानमा रोगको समस्या

यो समाचार 169 पटक पढिएको

किसान भन्छन्, ‘अब के खाने र ?’

चितवन, ३ असार /पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा विभिन्न रोग देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

Paddy rice diseaseविशेष भण्डारा, कुमरोज, पिप्ले, कठार लगायतका क्षेत्रमा लगाइएको धानको बोटमा ‘नेक ब्लास्ट, शित ब्लाइट’ लगायतको नामको रोग लागेपछि किसानहरु चिन्तित भएका हुन् । धान झुल्ने बेलामा धानको बाला कुहिएर बाला सुक्दै जान थालेपछि किसान रनभुल्ल बनेका छन् । पुर्वी क्षेत्रमा मात्रै ८० प्रतिशत धानहरुमा यो रोग देखापरेको छ ।

पूर्वी चितवनको भण्डारा–२ हर्दीका रेशम दुलालले लगाएको धानमा नेक ब्लास्ट रोग लागेको छ । ‘अब के खाने हो रु अब असारमा लगाउने धानको पनि हालत यस्तै हुने हो कि रु’ निरास मुद्रामा उनले भने, ‘लागेको ट्याक्ट्रर खर्च पनि नउठ्ने भो ।’

‘चैतमा लगाएका धानमा पनि पछौटेमा भन्दा अगौटे धानका बोटहरुमा यस्ता रोगहरुको संक्रमण पाएका छौैैैं’ जिल्ला आइ।पि।एम कृषक संघ चितवनका अध्यक्ष धर्मराज कडेँले भने, ‘९० प्रतिशत धान भित्र्याउने यहाँका किसानले अहिले २० प्रतिशत धान पनि भित्र्याउन मुस्किल छ ।’

प्रशस्त प्रांगारिक र रासायनिक मल राखेको बालीमा रोग खासै नदेखिएको अध्यक्ष कडेलले जानकारी दिए । एक वर्षमा धान, गहुँ र धान गरेर वाली लगाउनु भन्दा धान, तरकारी र धान गरेर वाली लगाउने किसानहरुमा समस्या परेका छन् ।

जिल्ला कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले धान लगाउने समयमा किसानहरुले कडा विषदीहरुको प्रयोग गरेका कारण रोग लागेको हुनसक्ने बताएका छन् । घिमिरेले वालीहरुमा समस्या देखिन साथ राम्रोसंग नबुझी एग्रोभेटहरुबाट औषधी ल्याएर प्रयोग गर्नाले पनि समस्या आएको बताए । ‘पहिले त किसानहरु सजक हुनुपर्छ’ उनले भने, ‘राम्रो उत्पादन हुने भ्रममा रासायनिक विषादीको प्रयोग ज्यादा गरेकाले यो समस्या आएको हो ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :