१२ लाखमा बाख्रा पालन

यो समाचार 654 पटक पढिएको

बाबियाचौर (म्याग्दी), ३१ जेठ / म्याग्दीको अर्मनमा विदेशबाट फर्किएका एक जना युवाले रु बाह्र लाख लगानी गरेर व्यावसायिक बाख्रा फार्म स्थापना गरेका छन् । अर्मन–५ पाँखुका ४० वर्षीय वीरबहादुर खड्काले सोही गाविस– ४ धारा गाउँमा धौलागिरि फार्म स्थापना गरी बाख्रापालन सुरु गर्नुभएको हो ।

Goatचार वर्षसम्म दक्षिण कोरियामा काम गरेर घर फर्किएका खड्काले बाख्रापालन सुरु गर्नुभएको हो । रु आठ लाखमा खोर निर्माण तथा रु चार लाखमा बाख्रा खरिद गर्नुभएको छ । खड्काले एक वर्षअघि २६ वटा खरी र जमुनापारी जातका बाख्राबाट फार्म सुरु गर्नुभएको थियो । उक्त फार्ममा बाख्रा बढेर हाल ५० वटाभन्दा बढी भएका छन् ।

अब मासुका लागि खसी र नश्ल सुधारका लागि प्रजननयोग्य बोका बिक्री गर्ने उहाँले बताउनुभयो । दक्षिण कोरियामा कृषि फार्ममा काम गरेका खड्काले सो सम्बन्धी व्यावसायिक ज्ञान र अनुभव हासिल गर्नुभएको छ । बाख्रा फार्ममा घरपरिवारका तीन जना सदस्यले पूर्ण रोजगारी पाएका छन् । बाख्रालाई घाँस आपूर्ति गराउन खाली पाखोमा बहुबर्खे, डाले र भुइँ घाँसखेती गर्ने खड्काको योजना छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :