महाभुकम्प पीडित किसानलाई बीउ सहयोग

यो समाचार 164 पटक पढिएको

नुवाकोट, ३१ जेठ /भुकम्पमा घर भत्केर भित्र रहेको अन्नपात तथा धानको विउ पुरिएपछि असारे धानको विउ राख्न नपाएर विलखवन्दमा परेका नुवाकोट कल्याणपुरका किसानहरुलाई एक संस्थाले पहिलो पटक गाउंमै पुगेर धानको विउ वितरण गरको छ ।

Dhan's Biu Gift Nkt (3)असारे धानको विउ राख्न नपाएर चिन्तित कल्याणपुर र सामरी गाविसका किसानहरुलाई यस कार्यले निकै सहयोग पु¥याएको छ । विउ घरमै पुरिएर असारे धानको विउको व्याड राख्न नपाएका एक हजार किसानहरुलाई अखिल नेपाल किसान महासंघले कल्याणपुर गाविसको वडा नं. ७ कागुनेमै पुगेर प्रतिक किसान पांच/पांच किलोग्राम विभिन्न जातका धानको विउ वितरण गरेको हो ।

विउ पाएपछि कल्याणपुर गाविस वडा नं. १ पिपलगैरीका श्यामलाल विक आफ्नो वांझो खेतमा असारे धान रोप्न सुविधा पुगेको र यसवाट आफुलाई ठुलै राहत मिलेको वताए । किसानहरुलाई पुर्वमन्त्रि तथा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, अखिल नेपाल किसान महासंघकी उपाध्यक्ष तथा सभासद शान्ता मानवी, उपाध्यक्ष केशवलाल श्रेष्ठ, महासचिव वलराम वास्कोटा, एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा, महासंघका नुवाकोट अध्यक्ष गोकर्णराज पाठक, अभिनेत्री सुभेच्छा थापालगायतले धानको विउ वितरण गरेका हुन् ।

धान उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको कल्याणपुरमा खुमल–४, राधा–४, मकवानपुरे, सावित्री जातको धानको विउ वितरण गरिएको हो । किसानहरुको माग र आवश्यकता अनुसार असारको दोश्रो सातासम्म उन्नत जातको धानको विउ वितरण गर्दै जाने अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष गोकर्णराज पाठकले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :