प्रांगारिक उत्पादन मा जोड दिदै प्रांगारिक गोष्ठी सम्पन्न

This post has already been read 261 times!

  • अनिता भट्टराई

“३ रोपनी गाई १० रोपनी जग्गा रसायनको प्रयोग विना उत्पादन हुन्छ पक्का” भन्दै कृषि संबद्ध निकायहरुले प्राङ्गारिक (अर्गानिक) उत्पादनलाई जोड दिएका छन् । जिल्ला कषि विकास कार्यालय काठमाडौको प्रमुख आयोजना तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट९जीसीआई०, बाजेको सेकुवा, नेपाल पर्माकल्चर गु्रप, होटल द्धारिका, अन्नपूर्ण मल खाद उद्योग, ग्रीन ल्याण्ड कम्पनी प्रालि।, र अर्गानिक नेपाललगायतको सहआयोजनामा बुधबार काठमाडौमा सम्पन्न मूल्य श्रृङ्खलामा आधारित प्राङ्गारिक गोष्ठीू विषयक कार्यक्रमका सहभागीहरुले प्राङ्गारिक उत्पादनलाई जोड दिएका हुन् ।Programme 2

कार्यक्रमका प्रमुख अतिथि कृषिमन्त्री टेकबहादुर घर्तीले विश्वमा प्रत्येक दिन ७०० जना कृषकहरु कुनै न कुनै विषादीबाट पीडीत हुने गरेको, तथा प्रत्येक वर्ष ३ लाखको मृत्यू विषादीका कारण हुने गरेको विश्वबैंकको तथ्याङ्कबारे जानकारी दिँदै नेपाल सरकारले प्राङ्गारिक उत्पादकलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री घर्तिका अनुसार नेपालमा ४८ प्रतिशत रोगनासक, १६ प्रतिशत झारनासक लगायत विभिन्न किसिमका ३७ कलर९रङ०का विषादी आयात गरिँदै आइएको छ । एक वर्षमा ३० लाख घटना हुने र ती घटना कुनै न कुनै हिसाबले विषादीसंग जोडिएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यस अघि रासायनिक मलमा मात्रै अनुदान दिने गरिएकोमा मानवीय स्वास्थ्य र दीगो विकासलाई मध्यनजर गर्दै सरकारले प्राङ्गारिक मलमा पनि किसानहरुलाई अनुदानको ब्यवस्था गरेको बताउनुभयो । देशको आर्थिक समृद्धिका लागि अब कृषिलाई केन्द्रित गरेर जानुपर्ने भन्दै ब्यावसायिक कृषि उत्पादकहरु जसले आत्मनिर्भरताका साथै निर्यातमा समेत योगदान पुर्याउँछन् त्यस्ता किसानहरुलाई सरकारले बढि भन्दा बढि सहयोग गर्ने आश्वासन दिनुभयो । अमेरिका, अष्ट्रेलिया, भारत लगायत विभिन्न मूलूकका उदाहरण दिँदै भन्नुभयो ूजहाँ ब्यवसायिक उत्पादन हुन्छ त्यहाँ विषादी प्रयोग पनि बढि हुन्छ । तर अब नेपालमा प्राङ्गारिक खेतिलाई प्राथमिकतामा राखि ब्यवसायिक खेतीलाई अगाडी बढाउनुपर्दछ ।ू काठमाडौबाट सुरु गरिएको प्राङ्गारिक गोष्ठि प्रत्येक क्षेत्र र जिल्लामा क्लिनिक, उपभोक्ता, ब्यापारी र कृषकसम्म विस्तार गर्नका लागि कृषि विभागलाई निर्देशन दिनुभयो ।

भाटभटेनी, सीभील मल, सीटी सेन्टर लगायत सुपरमार्केट भएपनि कृषिको सुपरमार्केट हालसम्म नखोलिएको हुदा कृषिका लागि सुपरमार्केट खोल्न जग्गा ब्यक्ति विशेषले जग्गा ब्यवस्था गरेरमा अन्य सहयोगका लागि नेपाल सरकार कटिबद्ध रहेको बताउनुभयो । यस आर्थिक वर्षमा एक हजार जना यूवाशक्तिको पहिचान गरी उनीहरुलाई ब्यावशायिक कृषिका लागि अनुदान दिने तयारी गरेको पनि बताउनुभयो ।

कृषि विभागका उपमहानिर्देशक देबेन्द्र बहादुर हमालका अनुसार विश्वमा ३ करोड ७० लाख हेक्टर मिलियनमा प्राङ्गारिक खेती गरिएको छ । १ सय ६० देशका १६ लाख घरपरिवार प्राङ्गारिक खेतीमा लागेका छन् । नेपालमा गरिएको एक सर्वेक्षणमा ४० वर्षभन्दा कम उमेरका यूवाहरुले प्राङ्गारिक उत्पादनलाई तिनगुणासम्म तिर्न तयार भएको पाइएको भन्दै अबको भविष्य प्राङ्गारिक कृषि नै भएको बताउनुभयो । सरकारले प्राङ्गारिक कृषि र मलमा अनुदान सुरु गरेको दोहोर्याउँदै प्राङ्गारिक कृषि उत्पादकको सामूहिक सर्टिफिकेट वितरणका लागि निर्देर्शिका बन्दै गरेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय काठमाडौका प्रमुख शरद चन्द्र श्रेष्ठले ूकाठमाडौ जिल्लामा प्राङ्गारिक खेतिको वर्तमान अवस्था, सम्भावना र चुनौतीहरुू, उद्यमी संगम शेर्पाले ूप्राङ्गारिक खेतिमा कृषकले भोगेका समस्या र समाधानका उपायहरुू, जिसीआईका कृष्ण न्यौपानेले ूप्राङ्गारिक खेतिको विकास एवं विस्तारमा जिसीआईको अनुभव र आगामी कार्ययोजनाहरुू , राम प्र। पाठकले ूप्राङ्गारिक खेतिको विकास एवं विस्तारमा सामाग्री आपुर्तिकर्ताको भूमिका र सुझावू, एस।के।अधिकारीले ूप्राङ्गारिक खेतिको विकास एवं विस्तारमा उत्पादन बस्तु बिक्रेताको भूमिका र सुझावू कृषि तालिम निर्देशनालयका बरिष्ठ तालिम अधिकृत याम कुमारी श्रेष्ठले ूसहभागितात्मक गुणस्तर निर्धारण प्रणाली यसका९पीजीएस० महत्व र फाइदाहरुू नेपाल पर्माकल्चर समूहका गोबिन्द शर्माले ूप्राङ्गारिक उत्पादन क्षेत्रको वर्तमान अवस्था, चुनौती, र राष्ट्रिय प्राङ्गारिक नीतिू विषयमा प्रस्तुती दिनुभएको थियो । अष्ट ज अभियानका महासचिव नीलकण्ठ तिवारीले कृषि ब्यावसायकरिणको जागरणलाई अघि बढाउनका लागि अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्दै राष्ट्रलाई अझ बढि कृषि र किसानमैत्री बनाउन देशभरका ब्यावसायिक किसानहहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । योगी विवेकानन्दले स्वस्थ खानपान सम्बन्धि मनोकान्तिको अबधारणा प्रवचन, कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठले काठमाडौ जिल्लालाई प्राङ्गारिक जिल्ला बनाउने अभियान थालनी गरेको जानकारी दिनुभयो । विश्वमा बढ्दै गएको विषदी प्रयोगका कारण मानव र पशुमा समेत विभिन्न असरहरु देखिन थालेकोले नेपालको माटोलाई विषदीमुक्त बनाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट थालनी गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा नायिका बिनिता बरालले कृषि उत्पादनमा नै नेपालको आर्थिक समृद्धि भएकाले आफू अर्गानिक उत्पादन गरौं, अर्गानिक सेवन गरौं भन्ने भावस्वरुप पुर्खाले गर्दै आएको प्राङ्गारिक उपादनमा लागेको बताउनुभयो ।

नेपालका विभिन्न क्षेत्र र काठमाडौ लगायतमा उत्पादन गरिएका प्राङ्गारिक९अर्गानिक० उत्पादनहरु काउली, गोलभेडा, बन्दा गोभी, बैठुन, साग, मुला, धनियाँ, किवि, कफि, मकै, चामल, दाल, गेडागुडी, तेल, सुप, लप्सीका परिकारहरु, कृषिकार्यमा प्रयोग हुने आधुनिक उपकरणहरु मिनी ट्याक्टर, घाँस काट्ने मेसिन, मकै छोडाउने मेसिन, आधुनिक कोदालो लगायत प्रदर्शनमा राखिएको थियो ।