आयात प्रतिस्थापना गर्ने कार्यक्रम ल्याउन माग

यो समाचार 120 पटक पढिएको

काठमाडौं, २९ जेठ /राजधानीमै शुक्रबार आयोजित एक कार्यक्रममा सहभागी भएका कृषि बिज्ञहरुले कृषि उपजको आयात प्रतिस्थापना गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

programmeराष्ट्रिय कृषक समूह महासंघ तथा खाद्यका लागि कृषि अभियानले संयुुक्त रुपमा आयोजना गरेको कृषिका समसामयिक सबालहरु नागरिक समिक्षा बिषयक अन्तरक्रियामा सहभागी भएका बिज्ञ तथा किसानले यस्तो माग गरेका हुन् । नेपाल राष्ट्र ब्याँंकका पूर्व सल्लाहकार तथा वरिष्ट अर्थबिद् केशव आचार्यले सरकारको अदुरदृष्टिका कारण नेपालमा बर्षेनी अर्बौ मूल्यबराबरको कृषिजन्य बस्तु आयात भइरहेको आरोप लगाए ।

उनकाअनुसार नेपालमा करोडौं मूल्यबराबरको धान, मकै, आलु, प्याज, तरकारीलगायतका कृषि उपज आयात भइरहेपनि उक्त क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति तथा कार्यक्रम बनाउन नसकेको औल्याए । शित भण्डारण निर्माण गरेर केही हदसम्म परनिर्भरतालाई कम गर्न सकिए पनि सरकारले शित भण्डारण निर्माणका लागि कुनै चासो नदेखाएको आरोप लगाए । सरकारपिच्छे परिवर्तन हुने नीति तथा कार्यक्रमका कारण कृषि क्षेत्रको बजेटमा बृद्धि भएपनि तुल्नात्मक रुपमा कृषि क्षेत्र अघि बढ्न सकेन, उनले भने ।

उनकाअनुसार सरकारको अदुरदर्शी नीति तथा कार्यक्रमका कारण सूर्ति र कपास उत्पादन गरेर आर्थिक दृष्टिकोणले सबल बनेका नेपाली किसान सरकारी नीतिका कारण पछिल्लो समयमा कृषि क्षेत्रबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । सम्पूर्ण उद्योगलाई नीजीकरण गरेपछि कलकारखाना राजनीतिक दलको भर्ना केन्द्र बनाइदा नेपाली किसान कृषि क्षेत्रबाट विस्थापित हुँंदै गएको उनले बताए । उनकाअनुसार छिमेकी मुलुक भारतले कृषिलाई प्राथमिकतामा राखेर बर्षेनी बृद्धि गर्ने अनुदान कार्यक्रमका कारण पनि नेपाली किसानको मनोबल गिराउदै आएको छ । नेपाली किसानको मनोवल बढाउन र बजारमा स्वदेशी उत्पादनलाई प्रतिस्र्पधा गराउन भारतजस्तै सरकारले पनि समय सापेक्ष दीर्घकालिन रुपमा विभिन्न क्षेत्रमा अनुदानका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ, उनले भने, तब मात्रै कृषिसँंगै नेपाली किसान समृद्ध हुनसक्छन् ।

कृषि विकास मन्त्रालयका अर्थविद् यादब पद्धवतिले आगामी आर्थिक बर्षमा सरकारले आयात दरमा कमी ल्याउने खालको नीति तथा कार्यक्रम ल्याउन लागेको दावी गरे । उनका अनुसार मन्त्रालयले आलु, प्याज, तेलहन, दूध, मासुलगायतका क्षेत्रको आयात दर प्रतिस्थापना गर्ने खालको कार्यक्रम तयार पारेर राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरिएको छ । महासंघको अध्यक्ष उद्धव अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कृषिबिद् डा. कृष्णप्रसाद पौडेल, डा. नेत्र तिम्लिसिनालगायतकाले प्रतिफलमूखि कार्यक्रम कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :