केशरको व्यावसायिक खेती

यो समाचार 289 पटक पढिएको

जुम्ला, २९ जेठ । दुर्लभ र महँगो जडीबुटी मानिने केशर (स्याफरोन) को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ ।

keshar_ful safronचन्दननाथ नगरपालिका–८ स्थित फाँटमा ९जिएसएम० उद्योगले दुई वर्षदेखि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको हो । काठमाडौँमा पर्यटन व्यवसायमा लामो अनुभव बटुलेका रुकुमका सरद मल्ल र जुम्लाका व्यवसायी गोविन्दबहादुर शाहीले संयुक्त रुपमा केशरखेती सुरु गरेका हुन् ।

करिब ६ रोपनी क्षेत्रफलमा ६१ लाख ५६ हजार १ सय १४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार ९हिमाली० आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ । केशरखेती नयाँ र राष्ट्रलाई सम्वृद्ध बनाउने सम्भावना बोकेको जडीबुटी भएकाले यसको व्यावसायिक उत्पादनतर्फ लागेको व्यवसायी शरद मल्ल बताउँछन् ।

थोरै जमिनमा बढी उत्पादन दिने बहुमूल्य जडीबुटी केशरको सम्भावना देखेरै केशर खेतीमा लागेको उनी बताँउछन् । केशरको बजार छ, माग अनुरुप उत्पादन गर्न सकिएको छैन । नयाँ चिज उत्पादन गर्न हिमाली आयोजनाले प्रेरणा दिएकोले यो व्यवसायमा लागेको हुँ– उनले भने । दुई वर्षअघि भारतको जम्मुकाश्मिरबाट केशरको बिरुवा ९गाना० ल्याएर खेती सुरु गरेका मल्ल अघिल्लो वर्ष सन्तोषजनक उत्पादन पाएपछि दङग छन् ।

उनले अघिल्लो वर्ष ३२ हजार फूलको ३ सय ग्राम केशर उत्पादन गरेका थिए । बीस ग्रामको बिरुवाले चारवटा फूल दिन्छ । एक किलो केशर उत्पादन गर्न एक लाखदेखि २० हजारसम्म फूल चाहिन्छ । यो बिरुवा रोपेको १५ दिनदेखि एक महिनाभित्र फूल्न थाल्छ । अम्लिय माटोमा उत्पादन हुने केशरलाई मल धेरै चाहिन्छ । असोजको पहिलो हप्ता रोपेर अन्तिममा फूल्छ, कात्तिक महिनाभरिमा टिप्नुपर्छ । त्यसति मात्रै हैन् फूल बिहानदेखि १२ बजेसम्म फूल्छ, बेलुकासम्म टिपिसक्नुपर्छ ।

केशरको उपयोगिता के त ?
केशरको धार्मिक महत्व त्यत्तिकै छ, पशुपतिनाथमा पूजा गर्नको लागि केशर अनिवार्य चाहिन्छ । मुस्लिम समुदायलाई यो नभई हुन्न । केशर यौनशक्ति बद्र्धक, डाइजिष्टिक, दमलगायतका बिरामीलाई उपयोगी मानिन्छ । गर्भवती महिलालाई अत्याधिक उपयोगी केशर खाएमा बच्चा गोरो र सार्फ दिमाग हुने बताइन्छ । भारतमा दुलाहादुलहीले सुहागरात मनाउनको लागि केशर उपहार दिने चलन छ ।

समुद्री सहतदेखि दुई हजार फिटभन्दा माथिको उचाइमा केशर उत्पादन गर्न सकिन्छ । यो विश्वको सबैभन्दा महँगो र कम उत्पादन हुने जडीबुटीका रुपमा चिनिन्छ । केशरको प्रतिकिलो मूल्य २५ लाख पर्छ । व्यवसायीका अनुसार केशरखेती जुम्ला र डोल्पा जिल्लामा मात्र हुन्छ । डोल्पामा चार जना किसानले यसको व्यावसायिकखेती सुरु गरेका छन् । विसं २०४१ मा तत्कालीन राजा वीरेन्द्र शाहको क्षेत्रीय भ्रमणका बेला जिज्ञासा राखेपछि जुम्लामा केशरको परीक्षण उत्पादन सुरु गरिएको बताइन्छ ।

केशरको भारतीय पर्यटक बढी आउने राजधानीका पाँचतारे होटलमा बढी खपत हुने गरेको छ । जुम्लामा कृषि तथा पशुपालन व्यवसाय अन्तर्गत हिमाली आयोजनाले जडीबुटी उत्पादनलाई बढी प्राथमिकता दिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :