बाख्रापालनबाट वार्षिक दस लाख आम्दानी

यो समाचार 298 पटक पढिएको

कालीकोट, ४ पुस । फुकोटका एक युवकले बाख्रापालन गरेर वार्षिक दस लाख आम्दानी गर्ने गरेका छन् । सदरमुकामबाट १३ कोष टाढा पर्ने सो गाविस ३ ताम्तीका रंगराज ऐडीले दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका थिए । ऊसँग अहिले १ सय ३० वटा बाख्रा छन् ।

ऐडी शिक्षण पेसा गरी छाडेर बाख्रापालनमा लागेका हुन् । अरूलाई जागिर दिने आफ्नो धोको रहेको बताउने ऐडीले अहिले आफ्नो घरमा तीन दाजुभाइ बाख्रापालनमा लागेको र अर्का एक जनालाई रोजगार दिएको बताउनुहुन्छ ।

रंगराजले सुरुमा जुम्ला, मुगु डोल्पा गई खसीबोकाको व्यापाGoatर गरेका र र पछि गाउँमा आएर व्यावसायिक रूपमा बाख्रापालन थालेका हुन् । दस जनाको परिवार रहेको रंगराज स्नातक तहको पढाइ पनि जारी राखेका छन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी वनजङ्गल भएको चिल्खाया गाविसमा भेंडा तथा बाख्रापालन प्रशस्त हुने गरेका छन् ।

कालीकोटको कुल क्षेत्रफल एक हजार ७४२ वर्ग किमीमध्ये दुई सय ३७।५ वर्ग किमि चरन क्षेत्रफल रहेको बताइएको छ । जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई पशुपालनका आधारमा सात ठाउँमा विभाजन गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :