नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयास

यो समाचार 252 पटक पढिएको

काठमाडौं, ३ पुस । सरकारले चिया, अलैँची, अदुवा, चाँदीका गरगहना, च्याङ्ग्रा, पश्मिना, दलहन, हाते कागत, ऊनी लत्ताकपडालगायत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ । नेपाल उद्योग परिसंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले निर्यातको प्रचुर सम्भावना भएका र नेपाल एकीकृत व्यापार रणनीतिले पहिचान गरेको ती वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उद्यमीलाई निकासीमा नगद प्रोत्साहन उपलब्ध गराउने, निजी क्षेत्रसँग मिलेर काम गर्ने तथा निर्यातमैत्री ऐन, कानुन बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उहाँले पर्यटन प्रवद्र्धनजस्ता तुलनात्मक लाभका क्षेत्रमा उद्यमी–व्यवसायी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले नेपाल एकीकृत व्यापार रणनीतिले निर्धारण गरेका १९ वस्तु तथा सेवामध्ये १० वटालाई प्रवद्र्धन गर्न परिसंघले युरोप, अमेरिका र एसियाका विभिन्न मुलुकका उद्योग–वाणिज्य संघहरूसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो ।

Ginger Root

एकीकृत व्यापार रणनीतिले पहिचान गरिएका वस्तुको निर्यात प्रवद्र्धनका साथै व्यापार र वाणिज्यसँग सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि, बजारीकरण, साना तथा मझौला उत्पादनको निर्यात, पाँचै विकास क्षेत्रका कम्तिमा पाँच जिल्लामा क्षेत्रीय विकास केन्द्र स्थापना, एक जिल्ला एक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।निर्यात प्रवद्र्धन तथा रणनीति कार्यान्वयनमा युरोपेली संघले आर्थिक एवम् प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :