महोत्तरीमा उखु क्रसिङमा ढिलाइ

यो समाचार 218 पटक पढिएको

महोत्तरी, ३ पुस । महोत्तरी जिल्लामा यसपालि उखु क्रसिङ ९काट्ने, पेल्ने० गर्ने काममा ढिलाइ भएपछि १५ हजार हेक्टर जग्गा बाँझो बस्ने भएको छ । खुट्टी ९दोस्रो, तेस्रो पटकको उखु० काटेर पुस पहिलो साताभित्रै गहुँलगायतको हिउँदे बाली लगाइ सक्नुपर्नेमा यसपालि अहिलेसम्म सो हुन नसक्दा १५ हजार हेक्टर जग्गा बाँझो बस्ने स्थिति बनेको हो ।

सामान्यतया एकपटक लगाइएको उखुबालीबाट दुई÷तीन पटकसम्म उत्पादन लिइने भएकाले पछिल्लो पटकको उखु क्रसिङ गरिएपछि हिउँदेबाली लगाइने गरिएको छ । सोका लागि मङ्सिर तेस्रो साताभित्रै खुट्टी उखु क्रसिङ भएमात्र भ्याइने भएकोमा यसपालि त्यस्तो उखु रहेको १५ हजार हेक्टर क्षेत्रफल बाँझो रहनेस्थिति बनेको हो ।

Sugarcane

चिनी उद्योग र उखु उत्पादक महासङ्घबीच यसपालि अहिलेसम्म उखुको मूल्य निर्धारणबारे सहमति हुन नसक्दा समयमा उखु क्रसिङ गर्न नपाएर खुट्टी उखु रहेको जग्गा बाँझो बस्ने स्थिति बनेको किसानको भनाइ छ । समयमा क्रसिङ नहुँदा खुट्टी उखुका बोट सुक्दै गएका र अर्को बाली पनि लगाउन नपाइँदा जहान परिवारको लालनपालन कसरी होला भन्ने चिन्ताले पिरोल्ने गरेको बिजलपुरा–७ का किसान विश्वनाथ सिंहले बताउनुभयो ।

मुडन ९पहिलो वर्र्ष लगाइएको० उखु चैत–वैशाखसम्म क्रसिङ गरिए पनि खुट्टी मङ्सिर मसान्तभित्रै क्रसिङ नभए अघिल्लो बाली लगाइने काम प्रभावित हुने भएकाले यसपालि आपूmहरूको चिन्ता बढेको किसानको भनाइ छ । अहिले पुस महिना लागि सकेकाले खुट्टी उखु काटेर अर्को बाली लगाउने आस मरिसकेको भङ्गाहा–३ का किसान इस्लाम राइनले बताउनुभयो ।

 

उद्योगले उखुको मूल्यमा अहिलेसम्म कुनै सकारात्मक निर्णय नलिँदा सहमतिमा ढिलाइ भएको उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक महासङ्घका रामचन्द्र सिंह कुशवाहाले बताउनुभयो । महासङ्घले बजारमा सबै वस्तुको भाउ बढेकाले उखुको मूल्य प्रतिक्विन्टल रु ५५० गरिनुपर्ने अडान राखेको छ । उता उद्योग प्रतिनिधिले चिनीको मूल्यमा वृद्धि नभएको र आफ्ना लागि आवश्यक अन्य केमिकलको मूल्य भने आकासिएकाले यसपालि उखुको मूल्य वृद्धि गर्न नसकिने बताउँदै आएको छ । जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजका महाप्रबन्धक कृष्णचन्द्र दासले उपभोक्ताले चिनीको मूल्य बढ्दा आन्दोलन गर्ने र किसानले उखुको मूल्य बढाउन दबाब दिने क्रमले उद्योग नै धरासायी हुनसक्ने बताउनुभयो ।
जिल्लामा यसपालि २६ हजार हेक्टर क्षेत्रफलमा उखुबाली रहेको छ । जसमा ११ हजार हेक्टरमा मुडन र १५ हजार हेक्टरमा खुट्टी उखु रहेको महासङ्घले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :