राजधानीको तरकारीलाई बिषादी मुक्त बनाइने

यो समाचार 146 पटक पढिएको

काठमाडौं, पुस ३ : खेतीवालीमा विषादीको बढ्दो प्रयोग विश्वव्यापी चिन्ताको विषय बनिरहेको वेला नेपाल सरकारले पनि मुलुकको कृषिक्षेत्रलाई विषादीमुक्त बनाउने अभियान सुरु गरेको छ ।

सरकारले यो अभियान राजधानीबाटै सुरु गरेको छ र काठमाडौमा उत्पादन हुने तरकारी तथा खाद्यन्नलाई आगामी १२ वर्षभित्रमा विषादीमुक्त बनाउने घोषणा गरेको छ । ३ गाई १० रोपनी जग्गा, रसायनको प्रयोगविना उत्पादन हुन्छ पक्का भन्ने नाराका साथ बुधबार राजधानीमा आयोजित मुल्य श्रृङखलामा आधारित प्राङगारिक गोष्ठीमा सरकारी अधिकारीहरुले यस्तो घोषणा गरेका हुन् ।Programme 2

जिल्ला कृषि विकास कार्यालय काठमाडौंले १२ वर्षभित्रमा राजधानीको खेतीलाई घातक विषादीमुक्त खेती बनाउने भन्दै प्रांगारीक खेती बनाउने अभियान सञ्चालन गरेको जनाएको छ । यस अवधिमा विषादीलाई न्युनीकरण गर्दै तरकारी तथा अन्य खाद्यन्नलाई अर्गानीक पद्धतीमा लगिने छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री टेकबहादुर घर्तीमगरले कृषि क्षेत्र व्यवसायिकता अग्ररसर हुदैं गएको भन्दै व्यवसायीकरुपमा तरकारी तथा नगदेवाली गरिएको स्थानमा विषादीको प्रयोग बढिरहेकोमा त्यसलाई न्युनीकरण गर्दै जाने उद्देश्यका साथ सरकारले प्राङगारिक मलमा पनि अनुदानको व्यवस्था गरेको बताए ।

 

‘सरकारले प्रांगारिक मलमा समेत अनुदानको व्यवस्था गरेको छ, कृषिको व्यवसायीकरणमा जोड, उत्पादनमा वृद्धि, निर्वाहमुखीभन्दा निर्यातमुखी व्यवसाय गर्ने किसानहरुलाई उच्च प्राथमिकतामा राखेको छ, उनले भने ।

पहिलोपटक अयोजित यस्तो गोष्ठी मुलुकको कृषि प्रणालीलाई अर्गानिक र स्वस्थ्य बनाउनेतर्फ केन्द्रित हुने विश्वास व्यक्त गर्दै सरकारले गोष्ठीबाट आवश्यक सल्लाहको अपेक्षा गरेको बताए । राजधानीलगायत विभिन्न शहरी क्षेत्रमा डिपार्टमेन्ट स्टोर सञ्चालन हुने क्रम बढेको भन्दै किसानका लागि पनि छुट्टै अर्गानिक सुपरमार्केटको आवश्यकता रहेको बताए ।

उक्त कार्यमा अग्रसर हुने व्यक्ति तथा संस्थालाई सरकारले पूर्णरुपमा सहयोग प्रतिवद्धतासमेत जनाए । गोष्ठीमा कृषि कार्यालय वरिष्ठ कृषि विकास अधिकृत शरदचन्द्र श्रेष्ठले गोष्ठी १२ वर्षभित्रमा काठमाडौंलाई प्रांगारिक क्षेत्र बनाउने अभियानको सुरुवात भएको बताए ।

खासगरी मुल्य श्रृखला रणनीतिको बाटोबाट अघिबढ्ने शिलशिलामा उत्पादक किसान तथा उपभोक्तासँगको छलफलमा प्रांगारीक खेती विस्तार विकाससम्बन्धि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउनका लागि गोष्ठी आयोजना गरिएको उनको भनाइ थियो यस्तै कृषि विभागका उप–महानिर्देशक एस.के अधिकारीले मुलुकमा केहि क्षेत्रमा विषादीको मात्रा बढि रहेपनि अर्गानीक खेतीतर्फ किसानहरु अग्रसर भइरहेको भन्दै अर्गानिक खेतीको भविश्य उज्ज्वल भएको बताए ।
उनले चिया, कफी र स्याउ अर्गानिक पद्धतीमा गइसकेको जानकारी दिँदै सरकारले केहि अर्गानिक कृषि उपजहरुकोे अन्तराष्ट्रिय मान्यता प्राप्त चिन्ह दर्ता गराएको र केहि उत्पादनहरु प्रक्रियामा रहेको जानकारीसमेत दिए । कार्यक्रममा अर्गानिक खेती अभियान्ता संगम शेर्पाले सरकारले अर्गानिक खेती गर्ने किसानलाई विषेश सहयोग गर्नुपर्ने बताए । हरेक किसान आफै व्यापारी हुनुपर्छ भन्दै उनले भन, ‘कृषि क्षेत्रलाई साच्चै आर्थिक विकासमा केन्द्रित गर्ने हो, भने अर्गानीक पद्धती र सरकारले प्रथम चरणमा ५० किसानलाई बढी दुध दिने उन्नत जातका एक एक वटा गार्ई अनुदानमा उपलब्ध गराउनुपर्छ ।’

कार्यक्रममा कृषि विकास मन्त्री घर्तिले हरेक वर्ष नेपालमा ३ सय ४५ टन विषादी आयात हुने गरेको जानकारी दिँदै त्यसमध्ये ३३ प्रतिशत कीटनासक विषादी, ४८ प्रतिशत रोगनासक विषादी, १६ प्रतिशत झारनासक विषादी र ३ प्रतिशत अन्य विषादी आयात हुने गरेको बताएका थिए । उनले वार्षिक साढे ३७ करोड रुपैयाँ बराबरको विषादी आयात हुने गरेको जानकारी समेत दिए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :