सरकार ‘आफै’ विषादी प्रयोग गर्न प्रोत्साहन गर्दै

यो समाचार 230 पटक पढिएको

काठमाडौं,   सरकार आफै हरियो तरकारीमा विषादी प्रयोग गर्न प्रोत्साहन गर्दैआएको रहष्य खुलेको छ। पछिल्लो समयमा हरियो तरकारीमा प्रयोग हुने घातक विषादीलाई नियन्त्रण गर्नुपर्छ भन्दै व्यापक दबाब परेपछि सरकार अहिले ‘म पिटेजस्तो गर्छु, तिमी रोएजस्तो गर्नुÓ उखानजस्तै आ नो दोहोरो चरित्र देखाएपछि रहस्य खुलेको हो। एकातर्फ सरकार विषादी नियन्त्रण गर्ने कुरा गर्दैआएको छ भने अर्को तर्फ राजधानी भित्र्ने तरकारी परीक्षणको सबालमा सरकार मौन बसेको छ।

मुलुककै सबैभन्दा ठूलो सरकारी स्वामित्वको ‘कालिमाटी फलफुल तथा तरकारी बजारÓ सहित बालाजु, बल्खु, वानेश्वर, टुकुचा, चावहिल, लगनखेल, कलंकी, कोटेश्वर, वनस्थली, सामाखुशीसहित एक दर्जनभन्दा बढी तरकारी बजारमा यस्तै प्रकारका लोभलाग्दा हरिया तरकारी भित्रिने गरेको छ। परीक्षण विना भित्रिने यस्ता तरकारी मानवस्वास्थ्यका लागि घातक पनि सिद्ध हुन सक्छ। भान्टा, गोलभेडा, परवर, वोडी, आलु, काउली, वन्दाजस्ता हरियो तरकारीमा बढी विषादी प्रयोग हुने स बद्ध अधिकारीहरू वताउछन।

Veg

 

वाली संरक्षण निर्देशालयका अनुसार सरकारी स्वामित्वको मुलुकभरका २४ वटा तरकारीको थोक बजारसहित नीजि क्षेत्रबाट सञ्चालनमा रहेका अन्य दुईसय ४५ वटा संकलन केन्द्रमा पनि परीक्षण विना नै तरकारी संकलन गर्ने काम भइरहेको छ। बजारमा बिक्रि हुने तरकारी मानवस्वास्थ्यका लागि लाभदायक छ भनेर सरकार आफै पनि ठोकुवासाथ भन्न सकेको छैन। ‘बजारमा आएका तरकारीको हालस म कुनै पनि प्रकारका गुणस्तरस बन्धी परिक्षण गर्ने काम भएको छैन,Ó कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका निर्देशक अर्जुन अर्यालले भने,’यस्तो अवस्थामा तरकारी स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छ भनेर ठोकुवासाथ हामी पनि भन्न सक्दैनौं। हामी पनि परीक्षण नभएर आएका तरकारी सेवन गर्दैआएका छौं।Ó राजधानीमा थानकोट, फर्पिङ, साँगा र साँखु नाकाबाट दैनिक रूपमा करिब दुईहजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिदै आएको छ।

सबैभन्दा बढी मध्यमाञ्चलका बारा, चितवन, धादिङ, काठमाडौं, काभ्रे, रूपन्देही, सर्लाही, नवलपरासीका किसानहरूले हरियो तरकारीमा घातक विषादीको प्रयोग गर्दैआएका छन। राजधानीमा तरकारी पनि यही जिल्लाहरूबाट आपूर्ति हुन्छ। कालिमाटी बजारमा मात्रै औषत डेढ करोड मूल्यबरावरको ६ सय मेट्रिक टन तरकारी भित्रिने गरेको छ। राजधानीमा करिब एकहजार मेट्रिक टन तरकारीको माग छ। कालिमाटी बजारमा भित्रिने तरकारीको गुणस्तर परीक्षण गर्न सरोकारवाला निकायलाई जानकारी गराइएको बताउदै बोर्डका निर्देशक अर्यालले भने,’विषादीले मानवस्वास्थ्यलाई कस्तो प्रकारको हानी गर्छ भनेर यसअघि थाहा नभएर पनि परीक्षण गर्ने काम ढिलो भयो होला। तर अव छिट्टै नै परीक्षण गर्ने व्यवस्था गर्न लागेका छौं।Ó

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले बिषादी नियन्त्रणस वन्धी काम वाली संरक्षण निर्देशनालयको भएको जानकारी गराए। ‘जि मेबारी निर्देशनालयलाई दिइएको छ। निर्देशनालयले सहकार्य गर्न सके हामी तरकारीको गुणस्तर परीक्षण गर्न हामी तयार छौं,Ó उनले भने। निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले किसानले उत्पादन गरेको तरकारी परीक्षण विना सिधै बजारमा आइरहेको जानकारी दिए। उनले भने,’हालस म परीक्षण गर्ने व्यवस्था गर्न सकिएको छैन। हामीले अहिलेस म किसानको खेतवारीमा गएर नमूनाको रूपमा तरकारीमा विषादीको मात्राको बारेमा अध्ययन गर्दैआएका छौं।Ó उनका अनुसार विषादीयुक्त तरकारीको सेवनका कारण क्यान्सर, पक्षाघात, अन्धोपन, कलेजो, ट्युमर, गर्भबस्था तुहिने, नपुंगता, मृगौलास बन्धीलगायतका जटिल रोग लाग्ने प्रवल स भावना हुन्छ।

उनले व्यवसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारीमा किसानहरूले अत्याधिक परिमाणमा विषादीको प्रयोग गर्दैआएको बताए। निर्देशनालयकाअनुसार आयात हुने कूल विषादीको परिमाणमध्ये ८५ प्रतिशतभन्दा बढी सघन तरकारी वालीमा प्रयोग हुँदै आएको छ। ‘किसानले प्रति हेक्टरमा एकहजार चारसय ग्राम विषादी तरकारी वालीमा प्रयोग गर्दैआएको भेटिएको छ,Ó उनले भने,’कालिमाटी बजारमा तीस मिनेटमा विषादीयुक्त तरकारी छ वा छैन भनेर विश्लेषण प्रतिवेदन जडान गर्ने उपकरण जडान गर्ने योजना बनाइरहेका छौं। यस्तो उपकरण जडान गरेपछि वाहिरबाट आउने तरकारीको परीक्षण गरेर मात्रै भित्र प्रवेश गर्न दिइनेछ।

विश्व बैंकको तथ्याँकअनुसार विषादीका कारण विश्वभर वार्षिक तीन लाख ५५ हजार व्यक्तिको अनाहकमा मृत्यु भइरहेको छ। यस्तै विश्व खाद्य संगठनकाअनुसार विषादीस बन्धी प्रतिवर्ष ३० लाखको सं यामा घटनाहरू भइरहेका छन्। विषादी नियन्त्रणस बन्धी गत ४८ सालमा जीवनाशक बिषादी ऐन र ०५० मा त्यसस बन्धी नियमावली आएपनि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सरकार असफल भएको छ। सरकारले प्रयोग र आयातमा प्रतिवन्ध लगाएपनि एग्रोभेट सञ्चालकहरू क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिण्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफोस र इण्डोसल्फेन नामक बिषादी व्यापक रूपमा लुकाई चोराई बिक्रि गर्दैआएका छन।

साभार  : अन्नपूर्ण पोष्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :