दूध संकलन केन्द्र नहुँदा कृषक समस्यामा

यो समाचार 158 पटक पढिएको

नेपालगन्ज,  बा“के जिल्लाको राप्तीपारिका आधा दर्जन गाविसमा दूध बिक्री केन्द्र नहुँदा दूध उत्पादक कृषकहरू समस्यामा पर्दै आएका छन् । बिक्री केन्द्रको अभावमा सो क्षेत्रका कृषकहरूले उत्पादन गरेको दूध बिक्री गर्न समस्या भएपछि अहिले उनिहरूको लगानी समेत डुब्ने चिन्ताले उनीहरूलाई पिरोल्न थालेको छ ।

Milk

यातायात, शिÔा तथा स्वास्थ्यमा समेत पछाडि परेको राप्तीपारिको सो Ôेत्रमा लगानी अनुसार नाफा नहुनु र सम्बन्धित Ôेत्रले कृÈकको समस्याका बारेमा ध्यान नदिँदा कृषकहरू पशुपालन व्यवसायबाटै पलायन हुने अवस्था आएको उनिहरूको गुनासो छ । बाकेको गंगापुर, फत्तेपुर, मटेहिया, नरैनापुर, कालाफा“टा, लक्ष्मणपुर, कटकु“इया, बैजापुर र बिनौना गाविस सदरमुकामदेखि टाढा रहेको र सो Ôेत्रमा दूध संकलन, प्रशोधन र बिक्री केन्द्र नरहेकाले त्यहाँका ७० प्रतिशत कृषकले पशुपालनबाट हुने लाभबाट वञ्चित हुने गरेका छन् ।
मजदुरी र पशुपालन नै जीविकोपार्जनको मुख्य आधार भए पनि पशुपालनबाट उत्पादन हुने दूध, दही र अन्य परिकारको बिक्री–वितरण गर्ने ठाउँ नभएपछि गुजारा चलाउन समस्या परेको मटेहियाका कृषक महाजन यादवको गुनासो छ । कडा परिश्रम गरी भैंसी पालेको भए पनि दूध बिक्री गर्ने बजार नपाएर श्रम खेर गइरहेको यादवको भनाइ छ । नेपालगन्जमा ३५ देखि ४० रुपैयाँ प्रतिलिटर बिक्री हुने दूध मटेहियामा भने १८ देखि २० रुपैयाँ प्रतिलिटर मात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको कृÈक यादवले बताए । “नेपालगन्ज हाम्रो गाउ“देखि ३८ किलोमिटर टाढा रहेको र बाटोको सुविधा नभएकाले समयमा दूध पु¥याउन नसक्दा भारतको ककरदरीमा लगेर १०–११ भारतीय रुपैया“मा दूध बेच्न बाध्य भएका छौं,” यादवले भने, “दूध खरिद गर्ने व्यक्तिले भनेको समयअनुसार दूध पु¥याउन नसके दूध पनि फर्काएर घरमै ल्याउनुपर्छ, अनि खपत नभएर खेर जान्छ ।”

 

नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता रहेको बताउने यादव मटेहियादेखि नेपालगन्जको दूरी धेरै टाढा रहेकाले स्वदेशमै दूध बिक्री गर्न नपाएको गुनासो गर्छन् । बा“केको दुर्गम मानिने मटेहियादेखि नेपालगन्जसम्म दूध पु¥याउनका लागि यातायात र बाटोघाटोको अभावका कारण महँगो लगानी गरेर पशुपालन गरे पनि नाफा पाउन नसकेको यादवले जनाए ।
राप्तीपारिका कृषकहरूले भारतीय बजारसम्म दूध बेच्दै आएका छन् । राप्तीपारिका भैंसीपालक कृषकहरूलाई दूध बेच्नका लागि भारतीय बजार नै उपयुक्त सजिलो भएको छ । फत्तेपुरका कृषक दुर्गापति चौधरीले यातायात र सवारी साधनको अभावले गर्दा दूध बिक्रीका लागि नेपालगन्जभन्दा भारतीय बजारनजिक र सहज भएको बताए ।
कृÈि र पशुपालनका लागि सरकारी स्तरबाट ऋणको व्यवस्था भएको सुने पनि ऋण कहा“ र कसरी पाउने भन्ने थाहा नभएकाले आफ्नो व्यवसाय ओझेलमा पर्दै गएको अर्का कृषक रामसोहन यादवले बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :