अदुवाको मूल्य दोब्बर

यो समाचार 266 पटक पढिएको

म्याङ्लुङ,  गत वर्षभन्दा अदुवाको मूल्य दोब्बर बढेपछि तेह्रथुमका किसान उत्साहित भएका छन्। अदुवाले गत वर्ष मूल्य नपाउँदा घाटा खाएका किसान यस वर्ष सिजनकै सुरुमा राम्रो मूल्य पाउँदा उत्साहित भएका हुन्। अदुवाले उचित मूल्य पाउन थालेपछि किसानले धमाधम बारीबाट अदुवा निकाल्न थालेका छन्।

जिल्लामा हाल अदुवाको मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँसम्म पुगेको छ। गत वर्षको मंसिर अन्त्यमा अदुवाको मूल्य प्रतिकिलो २८ देखि ३० रुपैयाँमात्र थियो। यस वर्ष अदुवाले राम्रो मूल्य पाएकाले किसानले अदुवा निकालेर बिक्री गर्न थालेको जलजले ५ का किसान भीम आचार्यले बताए। अघिल्ला वर्षमा अदुवाले मूल्य नपाउँदा बारीमै कुहिने गरेको थियो। ुमूल्यवृद्धिसँगै किसानहरू खेतGinger Rootबारीमा अदुवा खन्न व्यस्त छन्ु, आचार्यले भने, ुयस वर्ष मूल्यमा सुधार आएकाले किसान उत्साहित भएका छन्।ु

अदुवा खरिदका लागि जिल्लाबाहिरका व्यापारीसमेत गाउँ छिरेका छन्। व्यापारी अदुवा खरिदका लागि किसानको बारीमै आउन थालेको आचार्यले बताए। उनले भने, ुयसले पनि किसानलाई थप सुविधा भएको छ।ु अदुवा उत्पादनले गत वर्षको भन्दा दोब्बर मूल्य पाएपछि सिजन सुरु हुनेबित्तिकै अदुवाको किनबेच ह्वात्तै बढेको म्याङ्लुङका अदुवा व्यापारी तुलसी ढकालले बताए। उनका अनुसार अदुवा निकाल्ने सुरु सिजनमै जिल्लाबाट करिब सय टन अदुवा निकासी भइसकेको छ।

यस वर्ष भारतीय बजारमा नेपाली अदुवाको माग बढेकाले किसानले रामो मूल्य पाएको झापा धुलाबारीका अदुवा व्यापारी सञ्जीव शाहले बताए। उनका अनुसार अहिले भारतका कतिपय बजारमा नेपाली अदुवा प्रतिकिलो भारु ४८ मा किनबेच भइरहेको छ। भारतमा यस वर्ष अदुवा उत्पादनमा गिरावट आएकाले अझै नेपाली अदुवाको मूल्य बढ्न सक्ने उनको अनुमान छ।

कुल ३२ गाविस रहेको तेहथुमका २५ गाविसमा व्यावसायिक अदुवा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। एक दशकअघिसम्म घरायसी प्रयोजनका लागि मात्र अदुवा रोप्ने जिल्लाका किसानले अदुवाले राम्रो मूल्य पाउन थालेपछि यसलाई व्यवसायिक ढंगले विस्तार गरेका छन्। पछिल्लो समय गाउँमा सडकको विस्तार र व्यावसायिक अदुवा खेती प्रविधिसम्बन्धी सहयोग गर्ने विभिन्न संघसंस्था र परियोजनाको सहयोगका कारण पनि जिल्लामा अदुवा खेती विस्तार भएको हो।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष दुई सय १० हेक्टर जग्गामा किसानले अदुवा खेती लगाएका छन्। यस वर्ष जिल्लामा दुई हजार ६ सय मेट्रिक टन अदुवा उत्पादन हुने अनुमान गरिएको कृषि विकास अधिकृत तपेन्द्र शाहले जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :