कृषि क्षेत्रमा बैंकको ४१ अर्ब २९ करोड रुपैयाँ लगानी

यो समाचार 217 पटक पढिएको

एक वर्षमा पशुपालन कर्जा ८० प्रतिशतले बढ्यो 
काठमाडौं । व्यवसायिक पशुपालन तर्फ बैंक तथा वित्तीय संस्थाहरुले व्यापक कर्जा विस्तार गरेका छन् । पशुपालन तर्फ एक वर्षमा बैंकहरुको कर्जा विस्तार ८०।१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक पशुपालन तर्फ १३ अर्ब २६ करोड ७१ लाख रुपैयाँ कर्जा विस्ताnew-Nepal-Rastra-Bank_Panor_20130725084453र गरेका छन् । गत आर्थिक वर्षको यस अवधिमा ७ अर्ब ८९ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

२०६८ पुसमा नेपाल राष्ट्र बैंकले कृषि र जलविद्युत् क्षेत्रतर्फ कूल लगानीको १० प्रतिशत कर्जा विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । त्यसैगरी बीमा समितिले २०६९ माघमा ‘बाली तथा पशु पञ्छी बीमा’ बिनियमावली ल्यायो । बाली तथा पशु बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने सरकारको कार्यक्रम २०७० जेठ ९ गतेदेखि लागू गरियो । कृषि क्षेत्रमा लागनी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन र त्यसलाई सहजीकरण गर्न बीमा समितिले जारी गरेको बाली तथा पशु बीमा योजनाले कृषि तथा पशुपालनतर्फका लगानीकर्तालाई उत्साहित बनाएको छ । बाली तथा पशु बीमा योजना लागू गरेयता ६० लाख रुपैयाँ प्रिमियम उठेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले अनलाइनखबरलाई जानकारी दिनुभयो । कार्कीका अनुससार ११ करोड रुपैयाँभन्दा बढी लगानीको बीमा भएको हो ।

एक वर्षको अवधिमा अवधिमा व्यवसायिक कृषि फार्म र व्यवसायिक कृषि सेवातर्फ बैंकहरुको लगानी ८४।५ प्रतिशले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस क्षेत्रमा २ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा चालू आवको असोज मसान्तमा ५ अर्ब ६० करोड २६ लाख रुपैयाँ कर्जा विस्तार भएको छ ।

बन तथा माछा पालनतर्फ पनि बैंकहरुको कर्जा विस्तार उल्लेख्य छ । यस क्षेत्रमा चालू आर्थिक वर्षको कार्तिक मसान्तमा ४ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ कर्जा विस्तार भएको छ । गत आ।व।को सोही अवधिमा यस यस्तो कर्जा ३२ करोड ६३ लाख रुपैयाँ थियो भने अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २५ करोड ८७ लाख रुपैयाँ थियो ।

चिया खेतीतर्फ पनि कर्जा विस्तारमा उल्लेख्य प्रगति भएको छ । १६ महिनाअघि १ अर्ब ७५ करोड ७२ लाख रुपैयाा रहेको चिया क्षेतर्फको कर्जा चालू आवको कार्तिक मसान्तसम्म २ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुगेको छ । अन्य कृषि तथा कृषि सेवातर्फको कर्जा विस्तारमा भने केही गिरावट आएको छ । आर्थिक वर्ष २०६९र०७०को असार मसान्तमा १९ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ रहेकोमा चालू आ।व।को कार्तिक मसान्तसम्ममा केही खुम्चिएर १५ अर्ब ३९ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।

एक वर्षमा कृषि क्षेत्रतर्फको कुल कर्जा विस्तारमा पनि १८।९ प्रतिशतले वृद्धि आएको छ । गत आर्थिक वर्षको कार्तिक मसान्तमा ३४ अर्ब २४ करोड ५ लाख रुपैयाँ रहेको कृषि क्षेत्रतर्फको कर्जा चालू आर्थिक वर्षको कार्तिक मसान्तमा ४१ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कर्जा विस्तारमा व्यापक वृद्धि देखिए पनि कृषि क्षेत्रबाट कर्जाको माग नभएको बैंकरहरुले गुनासो गर्दै आएका छन् ।

‘कृषि क्षेत्रबाट राम्रो परियोजनासहित कर्जाको माग भएको अवस्था भने छैन’ बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले भन्नुभयो (’कृषि क्षेत्रसँग कर्जाको ‘एब्जर्बिङ क्यापासीटी’ भए कर्जा विस्तार अझ व्यापकरुपमा हुन्छ ।’ ६० प्रतिशतभन्दा बढी नेपालीहरु कृषि पेसामा आवद्ध भए पनि कूल ग्रहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत मात्रै छ । विगतमा कृषि क्षेत्रमा बैंकहरुको लगानी अत्यन्तै न्यून भएकाले यसको योगदान खुम्चिएको थियो । पछिल्ला दुई वर्षमा कृषि क्षेत्रतर्फ विस्तारित कर्जाले निरन्तरता पाए जीडीपीमा कृषि क्षेत्रको योगदान ५० प्रतिशत पुग्ने निश्चित छ । त्यसका लागि सरकारले आवश्यक सहजीकरण गर्दै जानुपर्ने कृषिविद् डा। हरी दाहालले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :