काठमाडौंमा जिउँदो माछाको बिक्री

यो समाचार 267 पटक पढिएको

machha-2काठमाडौं,  भारतबाट आयातित विभिन्न माछामा फर्मालिनको प्रयोग भएको प्रमाणित भएपछि काठमाडौँमा जिउँदो माछाको व्यापार बढेको छ । स्वास्थ्यप्रति सचेत ग्राहकले कुखुराको मासुको विकल्पमा माछा रोज्न थालेका कारण चितवन जिल्लाबाट ट्याङ्करमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको हो ।


फर्मालिन प्रयोग भएको माछा काठमाडौंमा भेट्टिएपछि काठमाडौंमा जिaउँदो माछाको व्यापार बढेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को पशु तथा मत्स्य निर्देशक डा टेकबहादुर गुरुङले बताउनुभयो । राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा जिउँदो विभिन्न जातका माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सकिने गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका प्रोपाइटर खगेन्द्र ढकालले बताउनुभयो ।

स्वास्थ्यप्रति सचेत मानिसले जिउँदो माछा खरिद गर्ने गरेको ढकालले बताउनुभयो । प्रतिकेजी ४ सयदेखि ४ सय ५० सम्ममा जिउँदो माछा बिक्री हुने गरेको उहाँको भनाइ छ ।  नेपालको उत्पादनले नधान्ने भएपछि भारतबाट माछा आयात हुनु स्वभाविकै हो । गुरुङले भन्नुभयो– “फरमालिनको प्रयोग नगरी भारतदेखि माछा आयात हुनै सक्दैन ।”

फरमालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लाशलाई ताजा बनाई राख्न गरिन्छ । फरमालिन प्रयोग भएको माछा मासु खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सकको भनाइ छ । नेपालमा कुल माछाको उत्पादन वार्षिक ५३ हजार मेट्रिक टन छ । स्वदेशी उत्पादनले नधानेकै कारण भारतको मद्रासबाट नेपालमा माछा आयात हुने गरेको गुरुङले जानकारी दिनुभयो ।

गत वर्षको तथ्याङ्कअनुसार नेपालमा भारतबाट ९० प्रतिशत माछा आयात भएको देखिन्छ । मत्स्य अनुसन्धान महाशाखा गोदावरीका प्रमुख सुरेशकुमार वाग्लेले नेपालमा माछा बिक्रीको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले नेपालमा करिब दुई अर्बको माछा खपत हुने बताउनुभयो । पछिल्लोपटक नेपालमा क्रमशः माछा उत्पादनमा आकर्षण बढ्दै गएको छ ।

गत तीन महिनाअघि कुखुरामा देखिएको बर्डफ्लु रोगको महामारीका कारण अप्रत्यासित माछापालनतर्फ मानिसको आकर्षण बढ्दै गएको एक प्रारम्भिक तथ्याङ्कबाट देखिएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले जनाएको छ । नार्कका अनुसार राजधानीमा बर्डफ्लुको महामारी फैलिएलगत्तै माछापालन र व्यापारमा आर्कषण बढेको बताइएको छ । राजधानीको बानेश्वरमा रहेको ट्रान याम इन्टरनेसनल फुटकोटले उपभोक्ताको चहानाअनुसारको जिउँदो माछालाई उस्कै रेस्टुरेन्टमा पकाएर विक्री वितरण गर्दै आएको छ ।
उक्त फुटकोटले प्रतिकेजी जिउँदो माछा पकाएर विभिन्न स्वादमा प्रतिकेजी ८ सयमा विक्री वितरण गर्दै आएको छ । हाल राजधानीमा ट्राउट, कमन कार्प, असला, ग्रास कार्प, एसियन मगुर, सिल्भर कार्पलगायतका जिउँदो माछा बिक्री वितरण हुने गरेको छ । राजधानीमा विशेष गरी चितवन जिल्लामा उत्पादन भएका माछा भित्रने गरेको छ ।

जनकपुरलाई नेपालको माछाको राजधानी भन्ने गरिन्छ । त्यहाँ उत्पादन भएको माछा अन्यत्र निर्यात गर्न पुग्दैन । हाल नेपालमा करिब ५० जिल्लामा माछाको व्यावसायिकखेती हुने गरको छ । जसमध्ये जनकपुर, चितवन, बाराको बोध वन, रूपन्देहीको छपिया र मोरङको बाबिया बिर्ता माछा उत्पादनको लागि प्रमुख क्षेत्र मानिन्छन् । राजधानीसँग सहज पहुँच पुगेको चितवन जिल्लाले मात्र काठमाडौँमा माछा आपूर्तिलाई धानेको छ ।

नेपालमा माछाको बजार ठूलो छ । स्थानीयस्तरमा उत्पादन भएका माछा प्रमुख बजारसम्म आई पुग्दैनन् मत्स्य अनुसन्धान महाशाखा गोदावरीका प्रमुख सुरेशकुमार वाग्लेका अनुसार जनताको क्रय शक्ति रेमिट्यान्सले बढाएका कारण नेपालीको खानपानमा पनि परिवर्तन आएको बताउनुहुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :