भन्टाखेतीबाट सातामै सात हजार कमाइ

This post has already been read 244 times!

सिराहा,   सिराहा लालपुरका माधव थपलिया भन्टाखेतीबाट प्रत्येक हप्ता सात हजार आम्दानी गर्छन्। आफ्नो खेतमध्ये करिब पाँच कठ्ठामा लगाएको भन्टाखेतीबाट थपलियाको यो वर्ष मात्र तीन लाख रुपैयाँ आम्दानी भइसकेको छ। थपलियाले करिब १५ देखि २० रुपैयाँको दरले हरेक हप्ता तीनदेखि चार क्विन्टलसम्म भन्टा बेचिरहेको बताए।

आफ्नो घरका सातजनाले नभ्याएरर तीन जनासम्म भन्टा टिप्ने मजदुर राख्नुपरेको उनले बताए। दसजनालाई पाँच कठ्ठाको भन्टा टिप्न करिब चार घन्टा

vegss

लाग्छ। थपलिया मात्र होइनन् उनको गाउँमा उनीजस्ता सैकडौं किसानले भन्टाखेती गरेर मनग्य आम्दानी गरेका छन्। लालपुर गुरुधाम गाउँबाट सातामा करिब दुई सय क्विन्टल भन्टा निस्कन्छ। यसको मूल्य चार लाख हुन्छ।

चैत्रदेखि साउनसम्म फल्ने भन्टा बिक्री गर्न बजारको कुनै समस्या नरहेको औंल्याउँदै उनले आफूले उब्जाएको भन्टा गोलबजार र चोहर्बा बजारमा बिक्री गर्ने गरेको बताए। सडक नभएकोले कृषकले उब्जाएको तरकारी बजारसम्म ल्याउन पनि कठिनाइ भएको थलियाको भनाइ छ। टायरगाडा हिंड्ने बाटो पनि छैन। राजमार्गसम्म साइकलमा ओसारेर अनि टायरमा बजार ल्याउनुपर्छ।

भन्टाको बोटमा लाग्ने अज्ञात रोगको कारण आफूहरू हैरान भएको उनको दुस्खेसो छ। पहिलो कीटनाषक औषधि छर्किंदा भन्टामा लाग्ने रोगकीरा सबै निको भए पनि यो पल्ट भने औषधिलाई पनि नटेरेको उनको गुनासो छ। उनले रो
गको पहिचान र यसको निदानको बारेमा सम्बन्धित निकायसँग सल्लाह गरे पनि अनभिज्ञता जनाएको दुस्खेसो गरे।

किसानलाई पर्ने अप्ठ्यारोका बेला सल्लाह, सुझाव र सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय र त्यसअन्तर्गत उपकेन्द्र रहे पनि किसानले राम्रो सेवा नपाएको स्वयं किसानहरू नै बताउँछन्। सिरहाका करिब ८० प्रतिशत मानिस कृषि खेतीमै निर्भर भई जीविकोपार्जन गरिरहेका छन्। स्थानीयस्तरमै रहेका सेवा प्रदायक संस्थाले किसानको पीरमर्का बुभेर सहयोग गरे तरकारीखेती गर्न अझै हौसला बढ्ने कृषकको भनाइ छ।