कृषकलाई निशूल्क आलुको बिउ प्रदान

यो समाचार 157 पटक पढिएको

पाँचथर,  जिल्ला कृषि विकाष कार्यालय पाँचथरले कृषकहरुलाई निशूल्क रुपमा आलुको बिउ उपलब्ध गराएको छ । उन्नत जातको बिउ उपलब्ध गराई आलुको उत्पादनमा बृद्धि गरेर कृषकहरुको आम्दानीमा बृद्धि गर्ने उद्धेस्यले निशूल्क बिउ उपलब्ध गराएको हो ।Potato seed


विभिन्न ११ कृषक समूहका ११ जना कृषकलाई प्रतिव्यक्ति ५० केजीको दरले आलुको बिउ वितरण गर्न थालिएको हो । कृषि कार्यालयका अनुसार आलूको पकेट क्षेत्रका विभिन्न कृषक समूहमा आबद्ध व्यक्तिलाई बिउ उपलब्ध गराउन थालिएको हो । जिल्लाका रानीटार, पौवासारताप, रबी र सिदिन गाविसलाई आलूको पकेट क्षेत्र घोषणा गरिएको छ ।

उक्त क्षेत्रका कृषकलाई कार्डिनल, कुफ्रीज्योती र एमएस जातको बिउ उपलब्ध गराईएको कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए । बिउ उपलब्ध गराउन पूर्व कार्यालयले कृषक समूहमा आबद्ध कृषकहरुलाई घुम्ती तालिम दिएर बिउ उपलब्ध गराएको हो । कार्यालयले मध्य पहाडी कृषक समूह थर्पू ४ लाई तालीम दिइसकेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :