अँलैचीको पाँच लाख बिरुवा वितरण गरिने

This post has already been read 127 times!

पाँचथर,  विउको उपचार गरि आधुनिक तरिकाले उमारिएका पाँच लाख अलैँचीको विरुवा आउँदो असार महिनामा कृषकहरुलाई वितरण गरिने भएको छ । हातेमालो कृषक समूह रानीटारले उमारेको साढे तीन लाख र सगरमाथा कृषक समूह रबीले उमारेको अढाई लाख अलैँचीको बिरुवा बितरण गर्ने तयारी गरिएको हो ।
alaविभिन्न रोग किराको प्रकोपको कारण अँलैची बगान सखाप हुन थालेपछि कृषि कार्यालयको सहयोगमा आधुनिक पद्धतिबाट अँलैचीको नर्सरी उत्पादन गरिएको हो । सगरमाथा कृषक समूह रबीका अध्यक्ष नरकुमार राईका अनुसार रामसाई, गोलसाई र जीर्मले जातको अँलैचीको विरुवा वितरण गर्न लागिएको हो ।
कृषि कार्यालयले निशूल्क रुपमा बिउ, नेट, पाइप र विषादी उपलब्ध गारएपछि कृषक समूहले आधुनीक पद्धतिबाट नर्सरी उत्पादन गरेका हुन् । यसरी उमारीको अँलैचीको विरुवा कृषकलाई प्रतिगोटा पाँच रुपैँयाको दरले उपलब्ध गराईने हातेमालो कृषक समूह रानीटारकी अध्यक्ष मायादेवी गुरुङले जानकारी दिए ।
रोग किराको प्रकोपको कारा अँलैची सखाप हुन थालेपछि अँलैचीको संरक्षण गर्न कृषि कार्यालयको सहयोगमा जिल्लाका विभिन्न कृषक समूहले आधुनीक तरिकाले तीन बर्ष पहिलेदेखि नर्सरी उत्पादन गरिरहेका छन् । कृषि कार्यालयले अँलैची संरक्षणका लागि राष्ट्रिय मसला बाली विकास कार्यक्रम र अलैँची नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ ।