कृषकको आर्थिक अवस्था सुदृढ बन्दै

यो समाचार 203 पटक पढिएको

बाँके,  बाँके जिल्ला पुरैना गाविस–९ तेलियनपुरवाका कृषक व्यावसायिकखेतीमा सहभागी भएपछि उनीहरुको आर्थिक अवस्था थप सुदृढ हुँदै गएको छ । सुरुका दिनमा दुई÷चार घरपरिवारबाट थालिएको व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी भएपछि त्यस गाउँका अन्य कृषक पनि क्रमशः तरकारीखेती व्यवसायमा सहभागी हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

‘आठ कट्ठा जग्गामा व्यावसायिक तरकारीखेती थालेपछि चार जनाको परिवारको सुखपूर्वक गुजारा भएको छ, अनि किन विदेसिनु प¥यो’—कृषक लोकबहादुर पुनको भनाइ थियो । व्यावसायिक तरकारीखेतीमा सहभागी हुनुअघि त्यस गाउँका कृषक दुई÷चार पैसा कमाउन मजदुरी गर्ने अवस्थाको पनि अहिले अन्त्य भएको छ भने उनीहरुको मिहेनतले बाँके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउनसमेत मद्दत पुगेको छ ।

व्यावसायिक तरकारीसँगै त्यस गाउँका अधिकांश कृषक व्यावसायिक कुखुरा, बाख्रा, गाईपालन व्यवसाय पनि सहभागी हुनु आर्थिक उपार्जनको अर्को कडीका रुपमा हेरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :