खेतीबालीमा विषादीको प्रयोग बढ्दो

This post has already been read 183 times!

बागलुङ, बागलुङ जिल्लामा कृषि बालीमा विषादीको प्रयोग बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा कृषकले खेतीबालीमा विषादी प्रयोग गर्ने क्रम बढेको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष विषादीको प्रयोग उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

pppp

बागलुङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष झोल विषादी ८।९ प्रतिशत र धूलो विषादीको प्रयोग ५२।९४ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा १८० लिटर प्रयोग भएको झोल विषादी यस वर्ष १९५ लिटर प्रयोग भएको छ भने गत वर्षमा १।७ टन प्रयोग भएको धूलो विषादी यस वर्ष २।६ टन प्रयोग भएको वरिष्ठ बाली संरक्षण अधिकृत प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

बागलुङमा फलफूलमा दहिक, मेटासिट, रोगर, व्लाईटक्स सिकी, तरकारी हाइट फ्लाई, खाद्य बालीमा डिसिस, फोलोरा,े पारिफस नामक विषादी बढिमात्रामा प्रयोग हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । बागलुङका विभिन्न स्थानमा गरेर २२ वटा विषादी बिक्री गर्ने खुद्रा पसलहरू रहेका छन् ।

जिल्लामा यस वर्ष बालीमा बढि रोगको प्रकोप देखिएका कारण विषादीको प्रयोग बढेको बाली संरक्षण अधिकृत भण्डारीले बताउनुभयो । मकैमा फौजी किराको आक्रमण र धानमा गवारो रोगको प्रकोपका कारण यस वर्ष जिल्लामा विषादीको प्रयोग अघिल्ला वर्षको तुलनामा बढेको उहाँको भनाइ रहेको छ ।