महमा वाग्लुंग आत्मनिर्भर

This post has already been read 261 times!

बागलुङ, मंसिर २८ – बागलुङ जिल्ला मह उत्पादनमा आत्मनिर्भर भएको भएको छ । जिल्लामा उत्पादित महले जिल्लाको आवश्यकता पुरा गरी बाहिरी जिल्लामा समेत निर्यात हुन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Honey

बागलुङमा गत आर्थिक वर्षमा २३ टन मह उत्पादन भएको र मह बिक्रिबाट जिल्लामा ८५ लाख रुपैयाँ भित्रिएको कार्यालय प्रमुख श्यामप्रसाद रिजालले बताउनुभयोे । पछिल्लो समय व्यवसायिक मौरी पालन फस्टाँउदै गएको र गत आर्थिक वर्षमा जिल्लामा ४ हजार ५ सय ८६ आधुनिक घारबाट २३ टन मह उत्पादन भएको रिजालको भनाइ छ ।

कार्यालयले कृृषकलाई मौरीको घारमा अनुदान र कृषक तथा सिकर्मीलाई तालिम प्रदान गर्दै आएको छ । जिल्लामा उत्पादित मह बागलुङका साथै पोखरा र बुटवलमा समेत बिक्रि हुने गरेको छ । हाल मह बजारमा प्रति केजि ४ सय देखि ५ सयमा बिक्रि हुँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयले मह उत्पादनका लागि जिल्लाको बिहुँ, जैदी, खर्वाङ, कुश्मीसेरा, बानपा, हरिचौर, रायडाडा, रेश, दुदिलाभाटिलाई पकेट क्षेत्र घोषणा गरेको छ ।