पञ्चानव्वेमा पनि उस्तै छ, ज्ञान ह्याँकेको जाँगर

यो समाचार 254 पटक पढिएको

a

सिमाली (बुढानिलकण्ठ), उमेरले बुढ्यौली कटेका ज्ञान ह्याँके राईको जाँंगर भने सुकेको छैन । उनको शरीरमा अहिले पनि लक्का जवानले गर्ने जाँंगरिलो फूर्ति भेटिन्छ । ९५ बर्षको उमेरमा पनि कृषि कर्मप्रतिको उनको लगनशिलता अहिलेका युवाहरूका लागि उर्जाको श्रोत बनेको छ । हिड्डुल गर्ने समस्याबाट पीडित बनेका ह्याँंके पछिल्लो समयमा छिप्पिदै गएको उमेरका कारण ढाड र कानको श्रबण शक्ति बाट थप पीडित बनेका छन । तैपनि उनको कृषिप्रतिको मोह मरेको छैन । कृषि मोहले उनलाई दैनिक दुईवटा वटा स्टीक(लठ्ठि) को सहायतामा बुढानिलकण्ठको सिमाली गाउँंको दुरीलाई तय गराउदै आएको छ।

दैनिकको यो यात्रा उनका लागि युद्ध जितेसरह भएपनि अन्यका लागि बुढानिलकण्ठबाट सिमाली गाउँंस मको करिब दुई किलोमिटरस मको यात्रा अलि खल्लो पनि हुने गर्छ । उनको कछुवा गतिको हिडाई र अन्यको खरायोजस्तो गतिबीच सामानजस्य नमिल्दा उनी सँगसँगै हिड्नेलाई केही झर्को लाग्न सक्छ तर कछुवाको गतिसँंगै हिड्दै गएपनि सिमालीस्थित उनको कृषि फर्मको सुन्दरताले जोसुकैको झर्को शान्त पार्न काफि छ । ह्याँकेको लागि एक दुई दिनको यो यात्रा होइन । विगत चालिस बर्षदेखि नियमित दैनिकजसो यात्राको क्रम चल्दैआएको छ । जाउलाखेल खरिवोट घर भएका ह्याँके दिनहँ सिमालीस्थित आफ्नो कृषि फार्ममा काम गर्न धाउँछन ।

‘उमेरले बुढ्यौली भनेपनि मनले भने अहिले पनि आफु जवान नै छु, ममा काम गर्ने जाँंगर र चाहना अहिले पनि यथावतै छ, यो उमेरमा काम गरेर आजका युवापुस्तालाई केही सन्देश दिन खोजेको छु। फार्म हाउसमा नजाँंदा मैले खाएको खाद्य पदार्थ पच्दै पच्दैन,Ó खित्का छाड्दै उनले भने,’म यो उमेरमा पनि मनमस्तिष्कलाई फ्रि राखेको छु । अर्गानिक खाद्य पदार्थलाई बढी महत्व दिएर त्यस्तै खाद्य पदार्थ सेवन गर्छु । अनि कुनै पनि प्रकारको चिन्ता गर्दिन । शायद यही मेरो अहिलेस मको स्वास्थ्यको शुत्र होला । आफ्नो स्वास्थ्य अहिलेस म ठिक हुनुमा अर्को पनि ठूलो कारक तत्व रहेको जानकारी गराउदै उनी भन्छन,’म दैनिक सुत्ने वेलामा एक प्याग व्राण्डी खान्छु ।Óc

चालीस बर्षअघि झापाको किचकवधबाट बसाई सराई गरेर आएका ह्याँंके त्यही वेलादेखि कृषिकर्ममा समर्पित छन । ह्याँंकेले त्यतिवेला नै प्रति रोपनी एकहजार पाँंच सय मोल पर्ने गरी दश रोपनी जग्गा सिमालीमा खरिद गरेका थिए । त्यही जग्गामा अर्किडलगायत अन्य जातका फुलका विरु वा लहलहाउदै छ। अहिले उक्त जग्गाको बजार मूल्य ५ करोडभन्दा बढी पर्छ। फूल उत्पादन गरेर जापान, अमेरिका, फ्रान्स, वेलायतजस्ता मुलुक निर्यात गरेर बार्षिक तीनलाखस म आ दानी गरेका ह्याँंकेलाई पछिल्लो समयमा फुल उत्पादन र निर्यात गरेर सन्तुष्टि भेटेको छैन । ‘अहिले फुल उत्पादन गर्ने लडह नै शुरु भएको छ,Ó उनी जोसिदै भन्छन,’त्यही भएर फ ूल सँंगसँंगै अरु कृषि कर्म गर्ने चाहना पनि पलायो । सरसल्लाह गर्दै गएपछि विश्व बजारमा अर्गानिक नेपाली कफीको माग निक्कै रहेको पाए । त्यसपछि के ढिलो गर्थे र ? सुरु गरिहालियो नि, कफ ीको व्यवसायिक खेती।Ó

उनको फार्म हाउसमा तीनबर्षदेखि एक बर्षका दश हजार, दुई बर्षका दुई हजार र तीन बर्षका एकहजार गरी १३ हजार थान कफीका बोट लहलहाई रहेका छन । गतबर्ष श्रीमतिको निधन भएर केही एक्लोपनको महसुस गरेका ह्याँंके पछिल्लो समयमा कफीको बोट ह्वात्तै बढ्दै गएपछि उनको एक्लोपना केही कम भएको छ । उनी भन्छन,’लहलहाउदै गरेको कफीको हरिया पात अनी बोट हेरेपछि अहिले एक्लोपनाको त्यति अनुभव हुन्न । हरिया पात र बोटले मोहिनी लगाउदै गएपछि सबै दु:ख र पीडा विसाउन पाएको छु।Ó ह्याँकेले एक बर्ष अवधीको कफीको प्रति वोट पचास रूपैयाँमा विक्रि गर्दैआएका छन भने दुई बर्ष र तीनबर्ष अवधीका वोट क्रमश: सत्तरी र सय रूपैयाँमा विक्रि गर्दैआएका छन। ह्याँकेले उक्त कफी फार्मलाई अर्गानिक कफी उत्पादन गर्ने फार्मको रूपमा विकास गर्ने लक्ष्य राखेका छन। यस्ता फार्मलाई कृषिस बन्धी विद्यार्थीहरूका लागि अनुसन्धान केन्द्रको रूपमा परिवर्तन गर्ने उनको ठूलो धोको छ। ‘यो फार्म हाउसलाई अर्गानिक कफि अनुसन्धान केन्द्र बनाउन पाए, ठूलै काम गर्न पाएको अनुभूती हुन्थ्यो। हेर्दै जाउ कत्ति सफल हुन्छु,Ó उनी भन्छन।

कृषि फार्म हाउस भने उनी एक्लैबाट हाकेका छैनन। नियमित रूपमा तीनजना र मौसमी रूपमा ८ जना जति कामदारको सहयोगमा उनको फार्म हाउसको कफी तथा विभिन्न जातका विरूवाहरू लहलहाइरहेका छन। फार्म हाउसबाट प्राप्त गरेको आ दानी उनी केही रकम सोही फार्म हाउस र केही कामदारमाथी खर्च गर्छन । ‘बाँकी रहेको रकमबाट म आ नो विभिन्न आवश्यकता पूरा गर्दैआएको छु,Ó उनले भने।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :