कुखुराको साविक उत्पादन हुन अझै छ महिना लाग्ने

यो समाचार 197 पटक पढिएको

चितवन, २९ मंसिर । बर्डफ्लुका कारण ह्रास आएको कुखुरा उत्पादनमा चितवनमा सुधार हुँदै गएको छ । बर्डफ्लुको त्रासले व्यवसायीले उत्पादन घटाएकोमा अहिले विस्तारै कुखुरापालनमा पुनःआशा पलाएको व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो ।

Chicken

गएको चैतबाट यहाँका कुखुरामा बर्डफ्लु देखिएकोमा त्यसको केही महिनाको अन्तरालमा १५ वटा फर्ममा फैलिएको थियो । जसमा लाखौँ कुखुरा मार्नु परेको थियो तर अहिले सङ्क्रमण नभएकाले उत्पादनमा वृद्धि भइरहेको डा भट्टराईले बताउनुभयो । माउ उत्पादनका लागि अझै ६ महिना लाग्ने उहाँले बताउनुभयो । अहिले जिल्लामा कुल ३० प्रतिशत उत्पादन ह्रास रहेको र माग बढी भएकाले भाउमा समेत वृद्धि भएको डा भट्टराईले बताउनुभयो । अहिले जिल्लामा करिब २० प्रतिशत भाउ बढेको छ । चितवनमा हप्तामा करिब छ लाख ब्रोइलर कुखुराका चल्ला उत्पादन हुँदै आएको छ ।

सात लाखभन्दा बढी उत्पादन क्षमता चितवनमा छ । नेपालमै कुखुराको राजधानीका रूपमा चितवनलाई लिइन्छ । लेयर्स चल्लासमेत ३० प्रतिशत उत्पादन कम नै भएको व्यवसायीले बताएका छन् । यहाँ चल्ला उत्पादन गर्ने ह्याचरी ६० को हाराहारीमा रहेका छन् । साविकको उत्पादन नभएसम्म मासु, अन्डा र चल्लाको भाउ घट्न नसक्ने व्यवसायीले बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :