विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने

यो समाचार 308 पटक पढिएको

काठमाडौं,  देशभर चर्को विरोध भएपछि कृषि मन्त्रालयले नेपालमा मोन्सान्टो बीऊ प्रयोग नगर्ने भन्दै हात झिकिसकेको अवस्थामा चौधरी ग्रुप यसको बीऊ बेच्न अघि सरेको छ। कान्तिपुरमा आज प्रकाशित विज्ञापनमा ‘मोन्सान्टोको मकैको बीऊ बेच्न तयार रहेको’ भनिएको छ। दुई वर्षअघि कृषि मन्त्रालयकै अग्रसरतामा मोन्सान्टोको बीऊ प्रयोग गर्ने योजना बनेको थाहा पाएपछि देशभर विरोध चर्किएको थियो। भारतमा समेत यसको चर्को विरोध भएको थियो।

अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा खाद्य सुरक्षा बढाउने र नेपाली किसानको आम्दानी बढाउने लोभ देखाएर संसारभर बदनाम भइसकेको बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको बीऊ भित्राउने तयारी गरेको थियो। नेपालमा सुरूको चरणमा चितवन नवलपरासी तथा काभ्रेका बीस हजार किसानहरूमाझ यी हाइब्रीड मकैको बीऊ विस्तार गर्ने अनि क्रमशः नेपालभरी यो कार्यक्रम गर्ने योजना बनाएको थियो। तर विरोधका कारण पछि हात झिकेको यो कम्पनी अब चौधरी ग्रुपको सहयोगमा भित्रन लागेको हो।

CG

 

रैथाने बीऊ मासिन्छ :
जेनेटिकली मोडिफाई बिऊले अरू सबै बिऊहरूलाई मासिदिन्छन् र कुनै पनि देशमा भित्रिएपछि मोन्सान्टोले पहिले त्यहाँको बिऊ आपुर्तिलाई नियन्त्रणमा लिन्छ । त्यसको माध्यमबाट कृषकहरू पनि उसकै नियन्त्रणमा फस्न पुग्छन् । यो मोन्सान्टोको भित्री रूप हो । यसको प्रभावले पौष्टिक खाद्य पदार्थको उत्पादन कम हुने, सानो समयावधीमा उत्पादन घट्ने, विषादीको प्रयोग बढ्नेजस्ता समस्याहरू आउन सक्छन् । हाम्रो वातावरणमा पनि यसको नराम्रो प्रभाव पर्न सक्छ । माटो बिग्रिन्छ ,रैथानै बीऊहरू मसिन्छन् र जैविक विविधतामा ह«ास आउन सक्छ ।
युएसएडले मोन्सान्टो परियोजनामार्फत् प्रवद्र्धन गर्न लागेको कार्यक्रमले हाइब्रीड मकैको प्रयोग मानिसहरूले सिधा उपभोग बढाउनका लागि गर्न लागेको होइन । यस परियोजनाबाट उत्पादन हुने मकै विष त होइन तर स्वाद भने मानिसले खान मन नपराउनेखालको हुन्छ । यसको अर्थ यो मकै पशुको दाना उत्पादनका लागि प्रयोगमा आउँनेखालको हुन्छ अर्थात् नेपालमा दाना उद्योगको लागि चाहिने मकै उत्पादन गर्नु यसको उद्देश्य हो । यसका साथै नेपालमा मासुको उपभोग बढेको पक्कै हो र पशुजन्य खानाको माग पनि बढेकै छ । दुध र दहीको उत्पादन र उपभोग पनि बढेकै छ । ठूलोस्तरमा पालिने कुखुरा र बाँधेर पालिने पशुका लागि अन्नमा आधारित दानाको आवश्यकता पर्दछ । नेपालमा उत्पादन हुने मकैले त्यो दानालाई थेग्न सक्दैन । त्यसैले यस दानाका लागि भारतमा नै भर पर्नुपर्छ । त्यसैले यो अवस्थामा मकैको उत्पादन बढाउँने कुरा सरसर्ती हेर्दा स्वभाविक लाग्न सक्छ ।

तर गहिरिएर हेर्दा यो उत्पादनले नेपाली खाद्य सुरक्षा बढाउँने काम गर्न सक्दैन । जस्तै, मकैजस्तो वनस्पतिजन्य खानालाई पशुजन्य खानेकुराको उत्पादनमा प्रयोग गर्दा झन्डै नौ गुणा बढी खानेकुरा चाहिन्छ अर्थात् मानिसलाई चाहिने प्रोटिन मकैबाट सिधै प्राप्त गर्ने हो भने एक किलो मकैले पुग्छ भने मकै खुवाएर पशुपालनमार्फत् गर्ने हो भने कम्तीमा दश किलो मकै चाहिन्छ । यसको मतलव जति धेरै मासु उत्पादनका लागि जमिनको प्रयोग गरिन्छ, त्यति नै कम मानिसका लागि खानाको उत्पादन गर्ने जमिन बँच्न सक्छ । यसका साथै हाइब्रीड मकैको विस्तारले खेतिपाती गर्ने अरू खर्च बढ्नेछ भने उत्पदित मकैको मुल्यमाथि किसानको नियन्त्रण नहुने पक्का छ र यो मकै प्रसोधन गर्ने व्यापारीको हातमा मुल्य निर्धारण गर्ने शक्ति रहन्छ । त्यसकारण यो परियोजनाले नेपाली खाद्य सुरक्षाको रक्षा गर्ने तथा किसानको आम्दानी बढाउँने कुरा त परै जाओस यसले नेपालको खाद्य असुरक्षा बढाउँने पक्का छ ।
यसकारण नेपालको खाद्यान्न उत्पादन बढाउन तथा किसानको उत्पादन बढाउन मोन्सान्टोको बीऊ प्रयोग कुनै हालतमा पनि राम्रो बाटो हुन सक्दैन ।

आम किसानलाई चुस्न र नेपालको जैविक विविधता तहसनहस पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको लालसा देखाउँदै वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ । यसको समयमा नै संरक्षण कर्मिहरुले सचेत अवरोध त गरेका छन् तर चोर बाटोबाट यो नेपालको संक्रमण काल र राजनैतिक नेतृत्वको यस विषयमा नजरअन्दाजका कारणको फाइदा उठाउँदै सक्रिय भने रहेको आभाष आम कृषिकर्मीहरुलाई रहेको छ ।

Monsanto

मोन्सान्टोको विरोध किन ?
धेरै अरु अन्तराष्ट्रिय क्षेत्रहरुसँगै हाम्रै छिमेकी मुलुक भारतका गरिब किसानहरुलाई आफ्नो जालोमा पारेर पछि आत्महत्या सम्मको विकल्प रोज्न वाध्य पारेर कुख्याति कमाएका कारण मोन्सान्टो विश्व भरि नै आलोचित रहि आएको छ । बिउ माथि किसानको अधिकारलाई मोन्सान्टो जस्ता बहुराष्ट्रिय कम्पनिहरुले विविध पक्षबाट आक्रमण गर्ने गर्दछन् र किसानलाई परनिर्भर बनाउँदै लगेर चुस्ने प्रवृत्तिलाई यिनिहरुको काम गर्ने विधिको रुपमा लिन सकिन्छ । अनुवांशिक रुपमा परिवर्तित बालिको प्रयोग मोन्सान्टोले किसानहरुको खेत वारिमा उत्पादन धेरै हुने, किरा तथा झारको लागि किटनाशक औषधि धेरै प्रयोग गर्न नपर्ने र अझ गर्नै नपर्ने जस्ता लालचा दिएर लोभ्याउने गर्दछन् । विश्वभरि यसले गरेको खेतिलाई मुल्यांकन गरेर निकालिएको रिपोर्टलाई केलाउने भने केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि क्रमशः त्यस क्षेत्रमा यसले आफ्नो साइड व्यापारको रुपमा अगाडि सारेको किटनाशक औषधि र मलको प्रयोग मात्रा बढाउँदै लानुको विकल्प किसानलाई नरहने देखिन्छ । त्यस पश्चात किसानहरुको उत्पादन खर्च चरम उत्कर्श पुग्दै जाने देखिन्छ । यसकारण मोन्सान्टोको दलदलमा फस्न भन्दा पहिले हामिले एक चोटि गहिरिएर सोच्नुपर्ने हुन्छ ।

दोस्रो मन्सान्टोले आफ्नै देश अमेरिकाका किसानलाई पनि एक चोटी फन्दामा परेपछि कयौ वर्ष दुख दिन नछाड्ने गरेको धेरै उदाहरण रहेका छन् । परिक्षणको नाम होस् या जग्गा भाडामा लिएर होस या उत्पादन धेरै हुने लालशा देखाएर होस् यसले कुनै किसानलाई आफ्नो चंगुल पारेर आफ्नो उत्पादन सुरु गरेको हुन्छ । त्यस पश्चात यसले खेति गरेको क्षेत्रमा विभिन्न कोणबाट आनुवांशिक उलट पुलट गरिएका वालिहरुको उत्पादन लिने कुरा त सामान्य नै रह्यो तर यो यसमा मात्र सिमित रहनेवाला पटक्कै छैन । यसको आनुवांशिक उलट पुलट गरिएका वालिहरुको९न्भलभतष्अबििथ ःयमषष्भम एबिलतक० पराग उडेर केहि पर सम्मका किसानको खेत वारिमा पुगेर तिनिहरुको उत्पादनलाई समेत दुषित पारेको हुन्छ । यसरी दुषित पारिएको खेतिलाई हर्जाना तिर्नुपर्ने होला सामान्य रुपमा सोच्ने भने तर यहाँ मोन्सान्टोले आफ्नो भयानक असलि रुप देखाउँछ । यि गरिव किसानहरुलाई उल्टै यसले आफ्नो बिऊ चोरेर प्रयोग गरेको अभियोगमा लाखौं रुपयाँ तिर्न लगाउँछ । गरिब किसान मोन्सान्टोको अघि निरिह हुन्छ । यसरी यसले आफ्नो बहुराष्ट्रिय कम्पनिको चरित्र देखाउँछ र लुट्न सफल उक्त अकुत सम्पत्ति राजनितिज्ञ तथा नेताहरुलाई आफ्नो अगाडि पछाडि रिंगाउन प्रयोग गर्ने गर्दछ ।

तेस्रो अनुवांशिक परिवर्तित बालिको ९न्ःइ’क० खेति गर्दा माटोमा र उत्पादनको प्रयोगबाट मानिसमा हुने विभिन्न नकरात्मक असर अत्याधिक हुने विभिन्न वैज्ञानिकहरुले तथ्यगतरुपमा अघि सारेका छन् । हाइब्रिड तथा अनुवांशिक परिवर्तित बालि उत्पादन गर्न अत्याधिक रुपमा प्रयोग हुने किटनाशक औषधि र अजैविक मलहरुले मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका दिर्घ हानिकारक रोग तथा माटोको स्वास्थ्यमा पनि दिर्घकालिन असर पार्ने गर्दछ । यसका साथ साथै अनुवांशिक परिवर्तित बालिको सेवनले मानिसमा गर्न सक्ने हानिको सिमाको त कुरा नगरौं, यसले माटोमा पनि अपुरणिय क्षति पुराउने विभिन्न तथ्यहरु फेला पर्दै गएको वैज्ञानिकहरुले बताउने गर्दछन् ।

 

भारतमा हजारौँ किसानको आत्महत्याको कारण यही :

मोन्सान्टोले उपलब्ध गराउने मकैको हाइब्रिड बीउको प्रभावले वातावरणमा भएका प्रांगारिक बीउविजनलाई दूषित गरी नष्ट गरिदिन्छ । भारतमा मोन्सान्टोले उत्पादन गरेका मकै, भटमास, कपास, उखुलगायतका हाइब्रिड बीउका कारण प्रांगारिक प्रणालीबाट उत्पादन गरिएका अन्य बालीमा समेत असर देखिन थालेपछि किसानहरू त्रसित भएका छन् ।
मोन्सान्टोले आफूले उत्पादन गरेको बीउसँगै रासायनिक मल तथा किटनाशक विषादीका लागि पनि उसैप्रति निर्भर बनाई किसानलाई ‘निल्नु न ओकल्नु’ को अवस्थामा पुर्‍याउने अर्गानिक अभियन्ताको ठम्याइ छ । मोन्सान्टोका कारण कृषिमा उत्पादन लागत बढ्ने र उत्पादनको मूल्य घट्ने अवस्था आउँछ । एभ्रिथिङ अर्गानिक नर्सरी पातलेखेतका जिम डेनिसका अनुसार परम्परागत प्रणालीमा जस्तो किसानले आफैं बीउ भण्डारण गर्न नमिल्ने र बीउ उत्पादन अधिकार (प्याटेन्ट राइट्स० मोन्सान्टोमै सीमित रहने हुँदा किसानले बीउकै लागि धेरै पैसा खर्चिनुपर्ने हुन्छ । डेनिस भन्छन्, ‘यसै समस्याबाट पिरोलिएर भारतमा हजारौं किसानले आत्महत्या गरिसकेका छन् ।’
साभार ः माई संसार

रचनात्मक प्रतिक्रिया दिनुहोस् :