किसान मार्ने नीति

This post has already been read 325 times!

  • खगेन्द्र भण्डारी

काभे्,  पाँचखालका किसानले रोपेको सिल्भरकप काउली फुल्नै सकेन । २०६१ सालको यो घटनाले नेपालमा ठूलै हल्लीखल्ली मच्चियो । काउली नफुलेको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशनरप्रसारण भएपछि काउलीको बीउ उत्पादन गर्ने जापानी कम्पनी टोकिटाका सञ्चालकहरूले यसबारे निकै समय लगाएर अध्ययन गरे । अन्ततः सिल्भरकप काउलीका लागि पाँचखालको हावापानी उपयुक्त नभएको निचोडसहित किसानलाई झिनो राहत बाँडेर त्यो घटना सामसुम पारियो ।

बाराको मनहरा, उचिडिह, लोहरी, जितपुर, सिमरालगायत दर्जनौं गाविसका किसानले लगाएको पायोनियर कम्पनीको मकैमा दाना लागेन । बाराका यी गाउँका साथै सर्लाही र नवलपरासीका कतिपय गाउँका किसानले दुई वर्षअघि लगाएको मकैमा दाना नलागेपछि ुथोते खोयोु लिएर सडकमा ओर्लिए । किसानले थालेको आन्दोलन मत्थर पार्न सरकारले ती तीन जिल्लाका किसानका लागि २० करोड रुपैयाँ राहत प्याकेज नै घोषणा गर्नुपर्‍यो ।

हाइब्रिड बीउ उत्पादन गर्ने विदेशी कम्पनीहरूले गुणस्तरमा ध्यान नदिँदा नेपाली किसानले बर्सेनि कुनै न कुनै बालीबाट नोक्सानी बेहोर्नुपरेको घटना अनगिन्ती नै छन् । विभिन्न बालीका हाइब्रिड बीउ उत्पादनमा अग्रणी कहलिएको भारतका किसान भने अहिले आफ्नै देशमा उत्पादन भएको अन्नको बीउ रोप्न सक्ने अवस्थामा छैनन् । वर्षौंदेखि अमेरिकी कम्पनी मोन्सान्टोले अनुदानको बहानामा वितरण गर्ने हाइब्रिड बीउमा निर्भर बन्नुपर्दा बर्सेनि ऋणमा डुबेका हजारौं भारतीय किसानले आत्महत्या गरिसकेका घटना सार्वजनिक हुने गरेका छन् । बहुराष्ट्रिय कम्पनीले अनुदानको नाममा बीउ दिने र त्यसका लागि आवश्यक मल, विषादी भने किसानलाई किनाउँदा भारतीय किसानको यो हविगत भएको त्यहाँका कृषिविज्ञहरूको ठहर छ ।

भारतीय किसानमाझ अलोकप्रिय र कतिपय ठाउँमा तिरस्कृतसमेत भइसकेको त्यही मोन्सान्टो कम्पनी अब नेपालमा भित्रँदै छ । कृषिमा दिगो विकासको योजना बुन्दै आएको कृषि मन्त्रालयले मोन्सान्टो नामक हाइब्रिड बीउ उत्पादक अमेरिकी कम्पनीलाई नेपालमा प्रवेश दिई किसानहरूलाई परनिर्भर बनाउने काममा आँखा चिम्लेर हात हालेको छ ।

किसानलाई मकै उत्पादनमा वृद्धि गरी जीवनस्तर उकास्ने सपना देखाउँदै कृषि तथा सहकारी मन्त्रालयले केही समयअघि यूएसएडअन्तर्गतको मोन्सान्टो कम्पनीसँग साझेदारी गरेको छ । भारतमा मोन्सान्टो कम्पनीकै कारण आफूहरू परनिर्भर भएको भन्दै त्यहाँका किसानहरूले विरोध गरिरहँदा नेपाल सरकारले सोही कम्पनीसँग गरेको यो साझेदारीलाई सम्पूर्ण अग्रानिक कृषिसम्बद्ध संघसंस्थाहरूले ुकिसानमारा योजनाु भनी टिप्पणी गरेका छन् । ुभोकमरीको समस्या समाधानका नाममा सरकारले उल्टै किसानमारा योजना अगाडि ल्याएको छु, दि अर्गानिक भिलेजका निर्देशक समीर नेवा सरकारको यो कदमविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताउँछन्, ुकृषिमा आत्मनिर्भर बन्ने प्रणालीबाट टाढिएका किसानलाई यस्तो प्रलोभनमा नपर्न सचेत गराउँदै हामीले सावधानी अपनाउनुपर्छ ।ु

यूएसएडअन्तर्गत रहेको नेपाल आर्थिक, कृषि र व्यापार क्रियाकलाप (निट०, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विभाग र अमेरिकी कम्पनी मोन्सान्टोको संयोजकत्वमा गत भदौ २६ गते काठमाडौंमा एक कार्यशाला भएको थियो । उक्त कार्यशालामा मोन्सान्टोले मकैको हाइब्रिड बीउको प्रबर्द्धन गर्ने र किसानलाई आवश्यक तालिम दिने योजना अघि सारेको थियो । सोही अनुरूप मोन्सान्टोले नेपाल सरकारको संयोजकत्वमा मकै उत्पादन हुने प्रमुख जिल्ला चितवन, नवलपरासी र काभ्रेका २० हजार किसानमार्फत् परीक्षण उत्पादन थाल्ने योजना बनाएको छ ।

मोन्सान्टोले उपलब्ध गराउने मकैको हाइब्रिड बीउको प्रभावले वातावरणमा भएका प्रांगारिक बीउविजनलाई दूषित गरी नष्ट गरिदिन्छ । भारतमा मोन्सान्टोले उत्पादन गरेका मकै, भटमास, कपास, उखुलगायतका हाइब्रिड बीउका कारण प्रांगारिक प्रणालीबाट उत्पादन गरिएका अन्य बालीमा समेत असर देखिन थालेपछि किसानहरू त्रसित भएका छन् ।

मोन्सान्टोले आफूले उत्पादन गरेको बीउसँगै रासायनिक मल तथा किटनाशक विषादीका लागि पनि उसैप्रति निर्भर बनाई किसानलाई ुनिल्नु न ओकल्नुु को अवस्थामा पुर्‍याउने अर्गानिक अभियन्ताको ठम्याइ छ । मोन्सान्टोका कारण कृषिमा उत्पादन लागत बढ्ने र उत्पादनको मूल्य घट्ने अवस्था आउँछ । एभ्रिथिङ अर्गानिक नर्सरी पातलेखेतका जिम डेनिसका अनुसार परम्परागत प्रणालीमा जस्तो किसानले आफैं बीउ भण्डारण गर्न नमिल्ने र बीउ उत्पादन अधिकार (प्याटेन्ट राइट्स० मोन्सान्टोमै सीमित रहने हुँदा किसानले बीउकै लागि धेरै पैसा खर्चिनुपर्ने हुन्छ । डेनिस भन्छन्, ुयसै समस्याबाट पिरोलिएर भारतमा हजारौं किसानले आत्महत्या गरिसकेका छन् ।ु यो अवस्थामा सरकारको थाप्लोमै टेकेर नेपाल प्रवेश गरेको मोन्सान्टोलाई स्विकार्ने पक्षमा अब कोही नेपाली किसान तयार छैनन् ।

लेखक अर्गानिक मिडिया मिसनका अध्यक्ष हुन् ।

साभारः कान्तिपुर