क्षतिपुर्तिमाग गदै भक्तपुरका किसान सडकमा

यो समाचार 250 पटक पढिएको

प्रतिरोपनी १२ मुरी बराबरको क्षतिपुर्ति माग
काठमाडौं, २८ मंसिर :  अहिले अधिकांस किसान महिना वर्षभरीलाई खाने अन्न धान थन्काएर आरामका साथ बसेका छन् । मंसिर महिना किसानको लागि मिहिनेतको फल प्राप्त गर्ने समय हो तर भक्तपुरका किसानलाई भने त्यसको ठिक विपरीत भएको छ धानको बोट नै सुकेर फल नलागेपछि । भक्तपुरका हजारौ किसानलाई अहिले वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ । धेरै उत्पादन हुने आसमा ‘डीवाई–६९’ हाइब्रीड जातको चिनिया धानको वीउ कमसल भई नफलेपछि किसानलाई अहिले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।dharna3

 

 

भक्तपुर छालिङ गाविसका न्छुेभक्त फोजुलाई आफनो आठ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । उत्पादन धेरै हुने आसमा सात रोपनी जग्गामा ‘डीवाई–६९’ हाइब्रीड जातको धान रोपियो उनले भने‘ बोट नै सुकेर दाना नलगाएपछि वीउको लागत समेत उठ्न सकेन कसरी परिवार पाल्नु ।’
उनीमात्र नभएरु भक्तपुरका एक हजार किसानले यस्तै समस्या खेप्नुपरेको छ । अघिल्लो वर्ष सो जातको वीउ रोप्दा एक रोपनी जग्गामा १२ मुरी धान फल्यो उनले भने‘ अहिले सात रोपनीमा पाँच मुरी धान फलेपनि कुटदा पाँच पाथी मात्र कनिका भयो । ’
भक्तपुर नगरबालिका ८ की लक्ष्मी माकाजुलाई यस वर्ष धान नफलेपछि आफनो परिवार कसरी पाल्ने भने चिन्तामा छिन् । चार रोपनी जग्गामा लगाएको धान नफलेपछि उनको १२ जनाको परिवार भोके बस्नुपर्ने अवस्था आएको छ । गत वर्ष धेरै धान फलेर अहिले सवै जग्गामा अहि धान लगायौ उनले भनिन‘ म्याद नाघेको विउ परेकाले धाननै फलेन फलेको पनि सवै भुस मात्र भयो ।’ भक्तपुर नैलेख गाविसकका तुलसीलक्ष्मी मचामसीको पनि यस्तौ समस्या भोग्नुपरेको छ । धेरै फल्ने आसमा ६ रोपनी जग्गामा लगाएको ‘डीवाई–६९’ हाइब्रीड जातको धान फलेन उनको ।
उनीमात्र नभएर भक्तपुरका एक हजार किसानले यस्तै समस्या भोग्नुपरेको छ छ । मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रेम सुवालले भक्तपुर र काभ्रेमा लगाएको हजारौ रोपनीमा लगाएको करोडौ रुपैयाँको धाबाली नोक्सान भएको बताए । सरकारी प्रनिनिधिको स्थलगत अध्ययन गरी छानविन आयोगले तयार गरेको प्रतिवेदन अहिले सम्म सार्वजनिक नभएको उनले बताए । प्रतिरोपनीका दरले सरकारले किसानलाई १२ मुरी धान बराबरको क्षतिपुर्ति दिनुपर्ने उनले माग गरे । १ असोजमा कृषिमन्त्री टेकबहादुर थापाघर्तीले क्षतिपुर्तिको माग पेश गरेपनि अहिले सम्म त्यसको कुनै सुनुवाई नहुँदा हजारौ किसान भोकभोकै बस्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य सुवालले बताए ।

धानबालीमा रोेग देखा पर्नु कमसल वीउकै कारणले हो भन्ने सरकारले स्वीकार गरेपनि किसानले अहिले सम्म क्षतिपुर्ति पाउन सकेका छैनन, उनले भने‘ भोकभोकै रहेका किसानलाई राहन नभई १२ मुरी बराबरको क्षतिपुर्ति दिइनुपर्छ ।’ तत्काल किसानलाई क्षतिपुर्ति नदिए खानेपानी, लोडसेडिङ्ग, महङ्गी र भष्टाचार विरुद्ध किसानहरु सशक्तरुपमा आन्दोलनमा उत्रने उनले बताए । काष्ठमण्डप ट्रेड प्वाइन्ट काठमाडौं कम्पनीले किसानलाई ‘डीवाई–६९’ हाइब्रीड जातको वीउ म्याद नाघेको वीउ विक्रि गरेको थियो ।
यसैबीच, शुक्रबार भक्तपुरका सयौ किसान धानबालीमा तत्काल क्षर्तिपुर्तिको माग सहित सडकमा विरोधमा उत्रेका छन् । नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा बाला नलागेको धानको बोटसहितको विरोध ¥याली माइतघरदेखि थापाथली, त्रिपुरेश्वर सहिद गेट रत्नपार्क हुँदै भक्तकालीमा आएर धानपीडित किसानले धर्ना दिएका थिए । छानविन आयोग रिपोर्ट तत्काल सार्वजनिक गर, कमसल वीउ विजन विक्रि गर्ने विक्रेतलाई कारबाही गर,प्रतिरोपनी १२ मुरी धानको क्षतिपुर्ति देउ भन्ने नाराका साथ किसान आन्दोलनमा उत्रेका छन् ।

 

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :