साक्षर भएपछि महिलाहरु आत्मनिर्भर बन्न हौसिए

यो समाचार 331 पटक पढिएको

  • रामभरोसी महतो

सिरहा,  श्रृजना सामुदायिक विकास केन्द्र चोहर्वाद्धारा सञ्चालित व्यावसायिक साक्षरता केन्द्र निरन्तरका लागि प्रभावकारी भएको छ । केन्द्रद्धारा सञ्चालित व्यावसायिक साक्षरता केन्द्रमा सहभागी महिला तथा पुरुषले आङ्खनै बलबुतामा सानासाना व्यवसाय सुरु गरेका छन् । सामान्य लेखपढ गर्नसमेत नसक्ने स्थानीयले केन्द्रमा सहभागी भएर नाम ठेगाना मजाले लेख्न सक्ने भएर खुसी भएका छन् ।

फूलकहाकटी–७ की सुगादेवी ठाकुरले अहिले कुनै बैठकमा जांदा आफनो उपस्थिति हस्ताक्षर गरेर जनाउछन् । उहा भन्नुहुन्छ, ‘पहिला बैठकमा जादा औठाछाप लगाउनुपथ्र्यो । अब त आफनो नाम आफै लेख्छु, खुसी लाग्छ । नाम लेख्न सक्ने भएकी स्थानीय अर्की महिला राधा सिंह खुसीले गदगद हुनुभएको छ । उहाले केन्द्रमा सहभागी भएर लेखपढ गर्न र आफूले गर्ने कामलाई व्यावसायिक रुपमा अगाडि बढाउने Ôमता हासिल भएको बताउनुभयो । केन्द्रमा सहभागी भएपछि आयआर्जनका लागि केन्द्रबाट आफूलाई बाख्रा पालन गर्न सहयोग प्राप्त भएको भन्दै उहा“ले बाख्रा पालन गरी आङ्खनो आयआर्जन बढाएर छोराछोरीलाई राम्रो शिÔा प्रदान गर्ने सोच बनाएको बताउनुभयो । सिंह र ठाकुरजस्तै सो ठाउ“का २२ जना महिलाले विभिन्न किसिमको व्यावसायिक काम सुरु गरेका छन् । दुर्गा भवानी साÔरता केन्द्र फूलकहाकटी–७ मा आबद्ध ती महिलामध्ये कोही व्यावसायिक तरकारीखेती कोही सिलाइ कटाइ त कसैले गाईपालन, भ“ैसी पालनजस्ता सानासाना व्यवसाय सुरु गरेका छन् ।

यस्तै, सिरहाको बेतौना गाविसका कविर व्यावसायिक साÔरता केन्द्रका १२ जना महिलाले विभिन्न व्यवसाय सुरु गर्न सफल भएकी छन् । सोही गाविसका राजदेवी र कविर अति विपन्न समूहका महिलाले सानासाना व्यवसाय सुरु गरेको कार्यक्रम सहायक हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सो समूहमा आबद्ध महिला सदस्यहरुलाई श्रृजना सामुदायिक विकास केन्द्रले उनीहरुले गर्न चाहेको व्यवसायका लागि रु चार÷चार हजार सहयोग गरेको केन्द्रका कार्यकारी निर्देशक बटुकशम्शेर श्रेष्ठले बताउनुभयो ।
समूहमा आबद्ध भई आयआर्जनका लागि सानासाना व्यवसाय सुरु गरेका महिलाले व्यवसायबाट आम्दानी गरेर छोराछोरीलाई राम्रो शिÔा दिने लक्ष्य रहेको कार्यक्रम अनुगमनका लागि पुगेका जिल्लास्तरीय अनुगमन टोलीसमÔ बताउनुभएको छ । सो कार्यक्रमका लागि जिल्ला विकास समितिबाट योजना अधिकृत इन्द्रदेव यादव, सामाजिक विकास शाखाका अधिकृत अरुण साह, कृÈि विकास कार्यालयका वरिष्ठ बाली अधिकृत प्रदीप ठाकुर, सञ्चारकर्मी रामभरोसीलगायत अनुगमन टोलीमा सहभागी हुनुहुन्थ्यो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :