अशोकसिंह गाउँमै डलर कमाउँदै

This post has already been read 263 times!

  • सुरजकुमार भुजेल

चित्लाङ (मकवानपुर),  मकवानपुर चित्लाङका अशोककुमार सिंह ठकुरीलाई समाजमा परिवर्तन ल्याउने एउटै चिज भनेको राजनीति मात्र हो जस्तो लाग्थ्यो । त्यही मनस्थितीले जीवनका केही वर्È उनी राजनीतिमा पनि लागँे । ‘म कति समय त दलको स्थानीय नेता भएर भाषण पनि गर्थे’ अशोकले अतित् सम्झे । जिल्ला स्तरको नेता हुनासाथ उनले राजनीतिको स्कुलिङमा के सिके भने, अरुलाई गाली गर्नुपर्छ । छरछिमेकका कार्यक्रमहरुमा सहभागी भएपछि उनले शत्रु–मित्र, आफन्त–पराइ, उत्तरपन्थी दक्षिणपन्थी सबैलाई सराप्न मात्र सिके ।

3‘राजनीतिले अरुलाई गाली गर्न मात्र सिकायो, आफूले आफूलाई हेर्न कहिल्यै सिकाएन,’ संवाददातासंग यथार्थ कोट्याए । ५० वर्षिय अशोककुमारले राजनीतिक जुलुसमा पछिपछि नारा लगाउँदा अगाडिको बाटो भेट्टाए । त्यो हो, बाख्रापालन । उनले सम्झे ‘यो राजनीति भन्दा धेरै माथिको कुरा हो ।’ १० वर्Èअघि पैल्याएको यो बाटोले उनको जीवन सर्लक्कै मोडिदियो । जीवनको यो मोडपछि अशोकलाई नाम र दाम मात्र दिएन, मुलुकमै एकमात्र बाख्राको चिज उत्पादकका रुपमा पनि स्थापित ग¥यो । अहिले अशोकले थालेको चिज उत्पादनकै कारण चित्लाङ चिज पर्यटनको मुली भएको छ । काठमाण्डौबाट जम्मा १७ किलोमिटर दक्षिणमा पर्ने चित्लाङको चिनारी फेर्न अशोकको अभियान ओखती भएको छ ।

अध्ययनमा एसएलसी मात्र उत्तीर्ण गरेका बाख्राविज्ञ अशोकले स्थानीय जातका झन्डै १ सय बाखा्र पालेकाछन् । अरुलाई गाली मात्र गर्न जानेका राजनीतिकदलको भन्दा अशोकको बुझाइ अलि फरक छ । बाख्रा र गाइपालनमा निकै अन्तर छ । उनी हिसाबकिताब गर्दै सुनाउँछन्–एउटा भैसीको दाम १ लाख रुपैयासम्म पर्छ भने, यो मूल्यबाट कम्तीमा १० वटा बाख्रा किन्न सकिन्छ । एउटा भैसीलाई चाहिने दानापानीले १० वटा बाख्रा टन्न अघाउँछ । एउटा भैसीले दिने आम्दानीभन्दा १० वटा बाख्राको आम्दानी बढी हुन्छ। एउटा भैसी म¥यो भने १ लाख डुब्यो, बाख्रा मरे १०-१५ हजार। यो सोझो हिसाबले पनि कृÈिप्रधान देशका ठूला योजनाकारहरुले बाख्राापालनमैं लगानी गर्न अशोकको सुझाव छ ।

‘कतार र साउदीतिर भेडाबाख्रा उ“ट स्याहार्न जाने नेपालीहरुको कथा–व्यथा पनि मैले सुनेको छु,’ अशोकले भने–‘ती दाजुभाइलाई यतै १०÷१५ वटा बाख्रा सहुलियतमा दिने र चिज उत्पादनको प्रविधि सिकाइ दिने हो भने रियालको होइन, डलरको आम्दानी यहीं हुन्छ ।’ अहिले काठमाडौंका धेरै होटलमा बाख्राको चिजको माग बढेको छ । बाख्राको दुधबाट बनेको चिज प्रतिकिलो एक हजार आठसय देखि तीन हजार रुपियाँमा विक्रि हुन्छ । अशोक महिनाको डेढदेखि दुई क्वीन्टल चिज विक्री गर्छन् । गाईभै“सीको दूधबाट बनेको भन्दा स्वादिलो अनि, स्वस्थकर पनि हुने भएकाले बाख्राको दूधबाट बनेको चिजको माग अझ बढी छ । अहिले बाख्राका दूधबाट बनेको चिजको बजार निकै राम्रो छ । बरु, उन्नत जातका बाख्रापालन गर्न नसक्दा दूध उत्पादन पर्याप्त हुन सकेको छैन । माग अनुसारको चिज उत्पादन गर्न सकेको छैन ।

5
नेपालमै एउटा मात्रै रहेको बाख्राको चिज फ्याक्ट्री हेर्नका लागि देशविदेशबाट पर्यटकहरु चित्लाङ आइपुग्छन् । गाउ“मा भित्रिएका पर्यटकलाई स्थानीय स्तरमा नै बसाउने व्यवस्थाका लागि अशोकले नै पहिलोपटक चित्लाङमा होमस्टे शुरु गरे । ‘गोट चिज होमस्टे’ नाम दिएर अशोकले थालेको होमस्टे चित्लाङमा अहिले संगठित रुपमै संचालन भएको छ । अशोक मुलुककै बाख्राको चिजको एक मात्र उत्पादक मात्र भएनन् उनी चित्लाङको होमस्टेका अभियान्ता पनि बनेकाछन् ।

यसरी शुरुभयो चित्लाङमा चिज उत्पादन
वि.सं.२०५० सालमा मकवानपुरको चित्लाङमा किसानलाई लÔित गरेर एउटा फ्रान्सेली लामिलाविस हिमालय हजबुक नामक आइएनजीओले परियोजना संचालन गरेको थियो । चित्लाङमै रहेको सरकारी चिज उत्पादक फार्ममा आइएनजिओले चिज बनाउने मेसिन पनि सहयोग गरेको थियो । त्यो संस्थाको समूहमा बसेपछि बाख्रापालन पनि थालेका थियौ“ । त्यत्तिबेला हामी फार्ममा बाख्राको दूध बेच्थ्यौ“ । एकपटक त्यो आइएनजीओमार्फत सरकारी फार्मका कर्मचारी र एकजना डाक्टर फ्रान्स घुम्न गएका थिए । डाक्टर उतै पलायन भए, कर्मचारी फर्के । यो कुरा मलाई थाहा थियो ।

एकदिन समूहको बैठकमा सरकारी मान्छेलाई सहयोग गरेर हामी गरिबलाई देखाई खाने बाटो बनाउने भनेर म बम्किएँ । त्यतिबेला चित्लाङको सरकारी चिज फ्याक्ट्री बेकामे भइसकेको थियो । गाउ“कै किसानलाई प्रविधिको ज्ञान दिन यहाँ परियोजना संचालन गरिरहेको आइएनजिओलाई अनुरोध गरेपछि मलाई फ्रान्स जाने अवसर मिल्यो । त्यति बेलासम्म हामीले गाउ“मा बाख्रापालन गरेर आधा लिटर दूध बेच्ने हैसियत बनाइसकेका थियौ“ । बाख्रा मासुका लागि मात्रै होइन, यसको दूध स्वास्थ्यका लागि उपयोगी छ भन्ने पनि जानिसकेका थियौ“। मैले फ्रान्समा गएपछि बाख्राको दूधबाट चिज उत्पादन गर्ने प्रविधि सिके“ । म त्यहाँ एक महिना बसें । २०५९ सालमा नेपाल फर्किएपछि बेकामे भएको सरकारी चिज फ्याक्ट्रीका मेसिन गाउ“मा लगेर आफ्नै पहलमा चिज उत्पादन थाले“ । चिज उत्पादनको लागि सरकारी सहयोग कस्तो छ ? मलाई यो प्रश्नै नसोध्नुस् । अशोक भक्कानिए । राज्यले सहयोग गर्ने भए हिमाल कहिल्यै पग्लिँदैन । नेपाली झण्डा सँधै फरफराउँछ । युवा कहिल्यै बाहिरिँदैनन् । आश्वासन दिने व्यवहारमा नउतार्ने कस्तो देशमा हामी जन्मेछौं । मैले तपाइ जस्तो संचारकर्मीको ठूलो सहयोग पाएको छु । तपाइहरु आउनुहुन्छ सोध्नुहुन्छ अनि खेख्नुपनि हुन्छ । मलाई प्रचारमा असाध्यै सहयोग पुग्छ । तर सरकारी प्रतिनिधि आउँछन् सहयोग गर्छु भन्छन् पछि मुखै देखाउँदैनन् । यो चै अचम्मै लाग्छ ।

4

म फान्समै २५ सय युरो दिन्छु भन्दा नेपाल फर्केको मान्छे । उतिबेला मलाई आधा किलो चिज नबिक्दा मलाई डाहा भएको थियो । अहिले त्यो समस्या छैन । वि.सं. २०६७ सालबाट नेपाल डेरीबोर्ड फार्म नाम दिएर चिज फ्याक्ट्री दर्ता पनि गरेको छु । अहिले दिनको ४ देखि सातकिलो चिज बिक्रीका लागि उत्पादन हुन्छ । म कुनै दिन पनि उत्पादन रोक्दिन । महिनाको एकदेखि डेढ लाख रुपिया“सम्म उत्पादन हुन्छ । तर, अझै दूधको अभाव छ । उन्नत जातका बाख्रा आयातमा सरकारले सहयोग गरेको छैन । मेरो फार्ममा करिब नब्बेवटा बाख्रा छन् । एउटा बाख्राले आधा लिटरसम्म दूध दिन्छ । सान्नन् र अल्पाइन जातका बाख्रा विदेशबाट आयात गर्न सके एउटैबाट छाकमा पा“चदेखि सात लिटरसम्म दूध उत्पादन हुने थियो ।