अन्तराष्ट्रिय बजारमा स्वदेशी कफीको माग बढ्दो

यो समाचार 203 पटक पढिएको

काठमाडौं, २७ मंसिर,  अन्तराट्रिय बजारमा स्वदेशी कफीको माग बढ्दै गएपनि प्रयाप्त निर्यात हुन सकेको छैन् । वर्षेनी माग बढ्दै गएपनि उत्पादनबृद्धि नहुँदा माग अनुरुप निर्यात गर्न नसकिएको हो । पछिल्लो समय युरोप अमेरिका लगायतका अन्य मुलुकमा स्वदेशी कफीको निर्यात धेरेै हुने गरेको छ । अन्य मुलुकको तुलनामा स्वदेशी कफी उच्च गुणस्तरीय हुने भएकाले पनि यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको व्यवसायीको भनाई छ । नेपाल अर्गानिक कफी प्रोडक्सनका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले वर्षेनी माग बढ्दै गएपनि उत्पादन कम हँुदा प्रयात्प कफी निर्यात हुन नसकेको बताए । व्यसायका लागि सरकारी निकायबाट नीति नियम बनेपनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

Coffe
स्वास्थ्यको लागि लाभदायक हुने भएकाले पनि स्थानीय बजारसँगै अन्तराष्ट्रिय बजारमा यसको खपत बढ्दै गएको छ । हाइल्यान्ड कफीका अध्यक्ष कृष्णप्रसाद घिमिरेले सरकारी तवरबाट यस क्षेत्रमा लगानी विस्तार नहुँदा प्रयाप्त उत्पादन गर्न नसकिएको बताए । निजी क्षेत्रको पहलबाट व्यसाय सुरु गरिएपनि यसलाई विस्तार र प्रवद्र्धन गर्नका लागि कुनै काम हुन नसकेको बताए । रोजगारीका लागि लाखोै युवा विदेशीरहेको बेला स्वेदशमै कफीखेति विस्तार गदै गए हजारौ युवालाई रोजगारी उपलव्ध हुने उनको भनाई छ । ३९ जिल्लामा विस्तार गरिएको कफी १८ हजार हेक्टरमा खेति गरिदै आएको छ ।
अर्थमन्त्रालयका आर्थिक सल्लाका डा चिरज्जीवी नेपालले स्वदेशमै कफीको उत्पादन बृद्धि गदै गए सजिलै डलर फलाउन सकिने बताए । कृषि क्षेत्रमा प्रयाप्त सम्भावन र अवसर भएपनि सरकराले चिन्न नसक्दा गरिबी बढ्दै गएको बताए । अर्गानिक उत्पादन र यस क्षेत्रको व्यवासायिकरण विस्तार गदै मुलुक उन्नत हुन सक्ने उनको भनाई छ ।

यसैबीच, नेपाल अर्गानिक कफी प्रोडक्सनले आफनो २५ औ वर्षको अवसरमा बिहिबार आयोजित रजत महोत्सवको अवसरमा समाजसेवी दिलशोभा श्रेष्ठलाई नगद सहित कफी हस्तान्तरण गरेको छ । समाज सेवामा ठुलो योगदान पु¥याएको भन्दै कम्पनीले उनलाई १० हजार सहित पाँच केजी कफी हस्तान्तरण गरेको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :