आगामी दुई बर्षमा कृषिमा सय अर्व लगानी हुनुपर्ने

यो समाचार 337 पटक पढिएको

काठमाडौं,  नेपाल राष्ट्/ वैंकका गर्भनर डा. युवराज खतिवडाले आगामी दुई बर्षभित्र कृषि क्षेत्रमा क ितमा सय अर्ब रूपैयाँ लगानी गर्नुपर्ने आवश्यकता औल्याएका छन। विहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई स बोधन गर्दै गर्भनर खतिवडाले यस्तो सुझाव दिएका छन।Yub
कृषि क्षेत्रमा वैकिङ क्षेत्रले १० अर्बबाट लगानी सुरू गरेर अहिले ४० अर्बमा पुगाएका जानकारी गराउदै गर्भनर खतिवडाले आगामी दुई बर्षभित्रमा क ितमा सय अर्बको लगानी गर्न सकियो भने केही आशलाग्दो रूपमा कृषिले फड्को मार्न सक्ने बताए। ‘दुई बर्षमा यो हाराहारीमा लगानी लगाउन आवश्यक छ, पशु विमा, वाली विमा, माछा विमा र पन्छी विमा कार्यक्रम लागु भइसकेकाले पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन यो लगानी आवश्यक देखिएको छ,Ó गर्भनर डा. खतिवडाले भने। विमा कार्यक्रम सुरू भएपनि ग्रामिण भेगका किसानहरू अझै लाभान्वित हुन नसकेको औल्याउदै उनले भने,’विमाको प्रिमियम वापत बजेट अभाव हुन नदिन अन्य शिर्षकबाट शोधान्तर गरेर भएपनि आवश्यक वजेटको व्यवस्था गर्न अर्थमन्त्रालयलाई आग्रह गरिएको छ।Ó

बैकिङ क्षेत्रले अझै पनि ढुक्क भएर कृषिमा लगानी लगाउन नसकेको बताउदै उनले कृषकले वीउ रोपिसकेपछि त्यसबाट हुने उत्पादन र उक्त उत्पादनले बजार पाउछ वा पाउदैन भनेर कसैले ठोकुवा गर्न नसकेकाले बैकिङ क्षेत्र लगानी गर्न डराइरहेको जानकारी दिए। छिमेकी मुलुकमा उत्पादन हुने कृषि बस्तु लागत मूल्य कमका कारण नेपाली बजार प्रसस्त पाएकाले नेपाली बस्तुको लागत मूल्य घटाउन सरकारले कृषि सामाग्रीलगायत अन्य आवश्यक पूर्वाधारमा अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिए। ‘यसका साथै कृषि उपजहरूको समर्थन मूल्य तोकेर त्यस्ता बस्तु पनि खरिद गरिदिनुपर्छ,Ó उनले भने।
नेपालका लागि इजराइली राजदुत हनान गोडरले नेपालमा मागअनुसार उत्पादनमा बृद्धि गर्न सबैभन्दा ठूलो चुनौती कृषि शक्ति रहेको औल्याए। नेपालमा अझै पर परागत रूपमा खेतीपाती आउदै गरेको बताउदै उनले कृषि शोखको रूपमा होइन, वरू व्यवसायिक पेशाको रूपमा गर्नुपर्ने सुझाव दिए। किसानले लगाउने लगानीलाई जोखिममुक्त बनाउन राज्यले विभिन्न क्षेत्रमा अनुदान उपलब्ध गराउनुपर्ने उनको कथन थियो। राजदुत गोडरले थोपा सिंचाई प्रविधिले झण्डै तेब्बर परिमाणमा उत्पादनमा बृद्धि गर्न सकिने बताउदै उक्त प्रणाली भित्र्याउन सरकारसँग आग्रहसमते गरे।

कृषिस बन्धी हिपात भन्ने मासिक पत्रिकाले विभिन्न संस्थाको सहकार्यमा आयोजना गरेको ‘कृषि उत्पादन र व्यवसाय प्रवद्र्धनमा सहकारीÓ बिषयक अन्तरक्रियामा सहभागी भएका अधिकाँश सरोकारवाला पक्षले कृषि विमालाई सरल तथा सुलभ बनाउनुपर्ने औल्याएका छन। विमाका लागि गरिएको व्यवस्था व्यवहारिक नभएकाले ग्रामिण क्षेत्रका किसानहरू लाभान्वित हुन नसकेको आरोप लगाएका थिए। नेपालका राष्ट्/िय सहकारी संघका अध्यक्ष केशव वडालले किसानले गरेको लगानीअनुसार प्रतिफल नपाएस म उत्पादनमा बृद्धि नहुने बताए। ‘यसका लागि कृषि सामाग्रीमा प्रचुर परिमाणमा अनुदान उपलब्ध गराउनुका साथै न्युन मूल्यमा विजुलीको व्यवस्था, सिंचाई, समर्थन मूल्य तथा प्रत्येक गाविसमा बजारको उचित व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको छ,Ó उनले भने। बजारमा बिषादीयुक्त तरकारी भित्र्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै मह जोडीका मदनकृष्ण श्रेष्ठले सर्वसाधारणको स्वास्थ्यलाई याल गरेर राज्यले बिषादीयुक्त तरकारी उत्पादनमा रोक लगाउनुपर्ने औल्याए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :